बेलबारी गोल्डकपको उपाधि साविक उपविजेता एपीएफलाई « Khabarhub

बेलबारी गोल्डकपको उपाधि साविक उपविजेता एपीएफलाई


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पथरी– मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपीएफ काठमाडौँले चुमेको छ । राजारानी धनकुटालाई १-० गोलअन्तरले स्तब्ध पार्दै एपीएफले उपाधि चुमेको हो ।

एपीएफका लागि खेलको ४८औँ मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा गोल खान पुग्यो ।

खेलको म्यान अफ द म्याच गोलकर्ता कार्की घोषित भए भने वेस्ट गोलकिपर एपिएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । खेलको वेस्ट डिफेन्स पिटर सैगुन, बेष्ट मिडफिल्डर मनी लामा (एपीएफ), बेष्ट स्ट्राइकर बुद्घ चेम्जोङ (राजारानी), बेष्ट कोच सुदीप श्रेष्ठ (एफिएफ), राइजिङ प्लेयर कासिम राई , हाइस्कोर फोडे फोफोना  र सर्वोकृष्ट खेलाडी टोपबहादुर विष्ट घोषित भए ।

प्रतियोगिताको विजेता एपीएफले नगद आठ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो  भने उपविजेता राजारानी क्लब धनकुटाले नगद  चार लाख एक हजार पुरस्कार प्राप्त गर्‍यो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५-५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । म्यान अफ द म्याचले रु पाँच हजार प्राप्त गरे । प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरेर १० वटा टिम सहभागी थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ३६ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको