मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता « Khabarhub

मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुगुको खत्याड गाँउपालिका–८ रिगागाँउकी २४ वर्षीया रमाना गिरी तीन दिनदेखि बेपत्ता भएकी छन् । उनी २१ गतेदेखि घरबाटै बेपत्ता भएकी हुन् ।

बाजुराको बुढिनन्दा नगरपालिका–१ माइती घर भएकी गिरीले पाँचवर्ष अघि मुगुको खत्याड गाँउपालिका-८ रिगागाँउका २८ वर्षीय प्रेमलाल गिरीसँग विवाह गरेकी थिइन् । रमनाका चार वर्षीय छोरा र तीन महिने छोरी छन् ।

उनका माइती पक्षले भने परिवारले नै बेपत्ता बनाएको आरोप लगाएको छ । तीन महिने छोरी छाडेर रमना बेपत्ता हुनै नसक्ने माइती पक्षको दाबी छ ।

माइती पक्षले घटनाको छानबिन गर्न प्रहरीमा उजुरी दिएका छन् । खोजबिनमा अग्रसरता देखाउन दबाब दिँदै माइती पक्षका २५ जनाले सुकाढीक प्रहरी चौकीमा धर्ना पनि दिएका छन् । रमनाका श्रीमान् प्रेमलाललाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : १२ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान