सुदूरपश्चिमको प्रदेशसभामा छ दलको प्रतिनिधित्व | Khabarhub Khabarhub

सुदूरपश्चिमको प्रदेशसभामा छ दलको प्रतिनिधित्व


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ । हालै सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व यथावत राख्दा जनता समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी भने बाहिरिएका छन् ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले पनि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । पहिलो कार्यकालमा यी दुई दलको प्रदेशसभामा प्रतिनिधित्व थिएन । त्यसबखत प्रत्यक्ष निर्वाचित चार सदस्यसहित १२ सदस्यको प्रतिनिधित्व रहेको नेपाली कांग्रेसबाट दोस्रो चुनावपछि प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सात गरी १९ सदस्य प्रदेशसभा निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट प्रत्यक्ष निर्वाचित आठ र समानुपातिक तीन गरी ११, नेकपा (एमाले)बाट प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक सात गरी दश सदस्य निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)का प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक एक गरी चार सदस्य निर्वाचित भएका छन् । पहिलो कार्यकालमा शून्य उपस्थिति रहेको नागरिक उन्मुक्ति पार्टीबाट अहिले प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिक दुई गरी सात सदस्य निर्वाचित भएका छन् । यस्तै राप्रपाबाट पनि पहिलोपटक प्रदेशसभामा एक सदस्यको उपस्थिति हुने भएको छ । प्रत्यक्षतर्फ निर्वाचनमा कुनै पनि सिट प्राप्त गर्न नसकेको उक्त दलले समानुपातिकमा पाएको मतका आधारमा एक सदस्य निर्वाचित भएको हो । एक स्वतन्त्र सदस्यको समेत प्रदेशसभामा उपस्थिति हुँदैछ ।

यसअघिको प्रदेशसभामा एमालेबाट २५ सदस्य निर्वाचित भएकामा दोस्रो चुनावमा दशजनामा सीमित हुन पुगेको छ । पार्टीमा भएको विभाजनका कारण एमालेका १४ सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेपछि प्रदेशसभा उक्त दल ११ सदस्यमा सीमित भएको थियो । यस्तै पहिलो प्रदेशसभामा १४ जना सदस्य जितेको माओवादी केन्द्र यो चुनावमा प्रत्यक्षतर्फ आठ र तीन समानुपातिक गरी ११ जनामा सीमित भएको छ ।

चार पूर्वसदस्य पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी दार्चुलाबाट र अक्कलबहादुर रावल अछामबाट प्रदेशसभा दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघिको चुनावमा एमालेबाट निर्वाचित भई एकीकृत समाजवादीमा प्रवेश गरेका दीर्घबहादुर सोडारी कैलालीबाट र प्रकाशबहादुर रावल कञ्चनपुरबाट पुनःप्रदेशसभामा निर्वाचित भएका छन् । प्रदेशसभाका पूर्वसदस्य एवं कांग्रेस नेता डिल्लीराज पन्त कैलाली-५ बाट र  अर्का पूर्वसदस्य तारालामा तामाङ कञ्चनपुर-१बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

  प्रदेशसभाका १२ पूर्वसदस्यले भने यो पटकको चुनावमा पराजय बेहोर्नुपरेको छ । पराजित हुने पूर्वसदस्यहरुमा कञ्चनपुरबाट समाजवादी पार्टीका लालबहादुर खड्का, कैलालीबाट अमरबहादुर साउद, कैलालीबाटै माओवादी केन्द्रका नन्दबहादुर साउद  डडेलधुराबाट एमालेका पठानसिंह बोहोरा, बैतडीबाट लीलाधर भट्ट,  कैलालीबाट नेपालु चौधरी र बाजुराबाट बलदेव रेग्मी छन्।  

अछामबाट झपट बोहोरा भने यो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भए । यसैगरी एमालेबाट यसअघिको निर्वाचनमा कैलाली-२ बाट प्रदेशसभा निर्वाचित रतनबहादुर थापा दोस्रो पटक पराजित भए । उनले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा  प्रतिस्पर्धा गरेका थिए ।यस्तै कैलालीबाट प्रदेशसभा सदस्यका लागि पुनः टिकट पाएका कांग्रेसका नेता डा रणबहादुर रावल र लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी दोस्रो पटक प्रदेशसभामा पुग्न असफल भए।

प्रदेशसभाका लागि प्रत्यक्षतर्फका सबै ३२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसक्दा समानुपातिकतर्फको २१ सदस्यको नतिजा आउने क्रममा छ । प्रदेशसभामा ५३ सदस्य रहन्छन् ।

–शिद्धराज भट्ट रासस

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  २ : ४२ बजे

मामाचेली वा फुपूचेलीसँग बिहेबारीका असर

मानव समाजको सुरुवाती चरणमा विवाहको औपचारिकता थिएन, तर जोडी बन्ने

स्कटल्याण्डको विकेट वर्षा गराउँदै नेपाल, लियो पाँचौँ विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलका नेपालले

भारतीय प्रधानमन्त्री मोदीले पाए साइप्रसको सर्वोच्च नागरिक सम्मान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साइप्रसमा सर्वोच्च नागरिक सम्मान प्रदान

हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ : पूर्वअर्थमन्त्री शर्मा

 काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसको

दुई ओभरमै नेपालले लियो स्कटल्याण्डको तीन विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलको पहिलो