बङ्गुर उत्पादनमा वृद्धि तर बजार छैन « Khabarhub

बङ्गुर उत्पादनमा वृद्धि तर बजार छैन


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– व्यावसायिक बङ्गुरपालनमा लागेका युवा दिनेश महतको फार्ममा हाल तीन सय बढी बङ्गुर छन् । विसं २०७५ बाट व्यावसायिक बङ्गुरपालन गर्दै आएका महतको फार्ममा उन्नत जातका बङ्गुर छन् ।  विशेष गरी कुखुरा र कुखुराका दाना तथा भेटनरी सञ्चालन गर्दै आएका उनी बङ्गुरपालनमा पनि लागेका हुन् । फार्ममा बङ्गुरको सङ्ख्या वृद्धि भइरहेको छ । पछिल्लो समय महत जस्तै पशु तथा कृषि पेसामा युवाको आकर्षण बढ्न थालेको छ । केही बाख्रापालन त केही च्याउ तथा अन्य कृषिजन्य वस्तुको उत्पादनमा लागेको पाइन्छ । 

महतको फार्ममा बङ्गुरको हेरचाहका लागि दुई परिवारलाई रोजगारी दिइएको छ । माँ दुर्गा एग्रीकल्चर एण्ड रिसर्च सेन्टरका नामबाट फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन थालिएको महतले बताए ।  

आधुनिक तरिकाबाट गरिएको बङ्गुरपालनबाट उनको फार्ममा सङ्ख्या वृद्धि भएर तीन सय बढी पुगेको हो । बङ्गुरको पाठा जन्मेको ४५ दिनपछि माउबाट छुटाउन र बेच्न सकिने सो फार्मका कामदार कृष्ण बराइलीले बताए। माउबाट छुटाइसकेपछि पाठापाठी बेच्न सकिने बताइएको छ ।

छिटो वृद्धि र विकास हुने भएपछि पछिल्लो समय उन्नत जातका पाठापाठी खरिद गरेर व्यावसायिक बङ्गुरपालन थालिएको हो । हाल रेन्ड्स, ड्युरो, योगसायर र हेमसायर गरी चार जातका बङ्गुर फार्ममा रहेको बताइएको छ । हाल सो फार्ममा पाठापाठीदेखि दुई सय किलोभन्दा बढीका बङ्गुर छन् । 

उत्पादन बढे पनि उनको फार्मबाट सोचेजस्तो आम्दानी भने नभएको सञ्चालक महतको भनाइ छ । यहाँ उत्पादन भएका बङ्गुर स्थानीय बजारमा बिक्रीवितरण भइरहेको छैन । हेर्दा उस्तै देखिए पनि सुँगुर र बङ्गुरमा उपभोक्ताले खानमा सुँगुर नै रुचाउने भएकाले स्थानीय बजारमा यसको खपत नभएको बताइएको छ ।

स्थानीय बजारमा बिक्री नभएको र बाहिरसमेत बङ्गुर बिक्री भएर नगएपछि समस्या भएको महतको भनाइ छ । सरकारले पछिल्लो समय कृषिमा अनुदानको कार्यक्रम ल्याए पनि बिक्रीवितरणमा चासो नदिएको उनको भनाइ छ । किसानले मेहनतका साथ उत्पादन गरेका कृषिउपज बिक्रीवितरणमा सरकारले सहजीकरण गरिदिनुपर्ने उनको माग छ । 

कोरोनाकालको लकडाउन र कामको विकल्प खोज्ने युवाको रोजाइमा परेको कृषि पेसाप्रति उत्तिकै वितृष्णा जाग्न थालेको युवाको भनाइ छ । उत्पादन गरेको वस्तु बिक्री नहुँदा किसान चिन्तितसमेत भएका छन् । अनुदानसँगै उत्पादित वस्तुको बजारीकरणमा समेत स्थानीय सरकार लाग्नुपर्ने किसानको भनाइ छ ।

बाख्रापालन व्यवसायमा लाग्नेको समेत अवस्था उस्तै छ । निकै खर्च गरेर खोर निर्माण गरी बाख्रापालनमा लाग्नेको दुखेसो उस्तै छ । सुरुमा महँगो मूल्यमा पाठापाठी तथा माउ खरिद गरेको भए पनि हाल गाउँमा नै बाख्रा नबिक्ने गरेको किसानको भनाइ छ । 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ३ : १४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी