संसद् सचिवालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

संसद् सचिवालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले संघीय संसद् सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनी पठाएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी दिएको पत्र कानुन सम्मत नदेखिएको भन्दै तत्काल कार्यान्वयन नगर्नु- नगराउनु भनी आदेश दिएको हो ।

तत्काल कार्यान्वयन नगर्नु- नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले संसद् सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको पनि उल्लेख गरेको छ । जबरालाई संसद् सचिवालयका महासचिव गौतमले दिएको पत्रको विषयमा बुधबार सर्वोच्चमा रिट निवेदन परेको थियो । 

शुक्रबन कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।

सर्वोच्च अदालतको यो आदेशपछि महासचिव गौतमले विभिन्न निकायमा जारी गरेको पत्र प्रभावहीन भएको छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ५ : ०० बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था