'लैङ्गिक हिंसा रोक्न सामाजिक जागरण जरुरी' | Khabarhub Khabarhub

‘लैङ्गिक हिंसा रोक्न सामाजिक जागरण जरुरी’


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले कानुनको आडमा महिला हिंसा भइरहेको टिप्पणी गरेकी छिन् । उनले समाज, परिवार र घरघरको मानसिकतामा परिवर्तन नआइकन महिला हिंसाबाट छुट्कारा नमिल्ने तर्क गरिन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सञ्चालित कार्यक्रममा मन्त्री रेग्मीले समाजमा व्याप्त लैङ्गिक हिंसा रोक्नका निम्ति सामाजिक जागरण ल्याउन अनिवार्य भएको राय व्यक्त गरिन् ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष  नेपालका आवासीय प्रतिनिधि एल्के विस्चले महिलाविरुद्धको हिंसा अन्त्य गर्न महिला एक्लैको मात्र प्रयास पर्याप्त नहुने विचार व्यक्त गरिन्। उनले हिंसा अन्त्य गर्नका लागि समाजका सबै तप्काहरूको संयुक्त प्रयास जरुरी हुने बताइन् ।

 कार्यक्रममा ‘हामी दाजुभाइ’ का अध्यक्ष सन्जोग ठकुरीले लैङ्गिक समानताका निम्ति महिला एक्लैको मात्र प्रयासले नहुने धारणा राख्दै त्यसको निम्ति पुरुष तथा बालबालिकाको समेत सहभागिता महत्वपूर्ण हुने तर्क प्रस्तुत गरे ।

त्यसैगरी पत्रकार समा थापाले पुरुषलाई आफ्नो कमजोरी देखाउन नहुने र उनीहरु दुःख पर्दा पनि रुन नहुने भन्ने सामाजिक मान्यताले गर्दा उनीहरूमा हिंसा र कठोरपनको विकास हुन जाने मनोवैज्ञानिक तथ्यमाथि प्रकाश पारिन् । 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ४१ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने