अर्घाखाँचीबाट नक्कली प्रहरी पक्राउ « Khabarhub

अर्घाखाँचीबाट नक्कली प्रहरी पक्राउ


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सन्धीखर्क – अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले बताउनुभयो ।

उनीहरूले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ‘हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौँ’ भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसललगायतमा जाँच गर्ने, स्थानीय व्यक्तिहरूलाई डर, त्रासमा पारी गालीगलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूूचनाका आधारमा जिल्ला प्रहरी कार्याल अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले उल्टै प्रहरीमाथि हापात, गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ०९ बजे

भोटेकोसीमा खसेको गाडी खोज्न बिहानैबाट सुरु, चालक पनि बेपत्ता

काठमाडौं– चीनबाट आयात गरिएको एसआरएम कम्पनीको विद्युतीय गाडी (इभी) शनिबार साँझ रसुवाको

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ