नेपाल सांगीतिक संघमा पुनः मिलन मोक्तान « Khabarhub

नेपाल सांगीतिक संघमा पुनः मिलन मोक्तान


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सांगीतिक संघमा मिलन मोक्तान पुनः अध्यक्षतामा निर्वाचित भएका छन् । सांगीतिक संघको आइतबार भएको २२ औं साधारणसभाबाट मिलनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । मिलन यसअघि पनि दुई कार्यकाल अध्यक्ष नै थिए ।

संघको उपाध्यक्षमा गायक तथा वाद्यवादक खर्कबहादुर बुढा र संगीतकार आशिष अविरल चयन भएका छन् भने महासचिवमा गीतकार सुमन बैरागी निर्वाचित भएका छन् । त्यस्तै सचिवमा संगीत संयोजक विनोदकुमार भुजेल र कोषाध्यक्षमा गायक विमल श्रेष्ठ चयन भएका छन्।

संघका सदस्यहरुमा नृत्यांगना आशा गौतम, गायिका सीता केसी, गायिका पूर्णिमा लामा, गायिका सूर्यकुमारी जोशी, गीतकार गणेश चौलागाईं, निर्देशक तथा कोरियोग्राफर राजीव बलामी, गायक खगेश्वर रञ्जितकार चयन भएका छन् । कानून व्यवसायी रमेश कोइराला निर्वाचन अधिकृत रहेको निर्वाचन मण्डलले चुनावी प्रक्रिया अगाडि बढाएका थिए ।

२०५६ सालमा लोकगायक कुमार बस्नेतको नेतृत्वमा स्थापना भएको यो संघमा रुबी जोशी, मिरा राणा, तारा थापा, कोमल वलीलगायतले नेतृत्व गरिसकेका छन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ०५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका