नेपाल सांगीतिक संघमा पुनः मिलन मोक्तान « Khabarhub

नेपाल सांगीतिक संघमा पुनः मिलन मोक्तान


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सांगीतिक संघमा मिलन मोक्तान पुनः अध्यक्षतामा निर्वाचित भएका छन् । सांगीतिक संघको आइतबार भएको २२ औं साधारणसभाबाट मिलनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । मिलन यसअघि पनि दुई कार्यकाल अध्यक्ष नै थिए ।

संघको उपाध्यक्षमा गायक तथा वाद्यवादक खर्कबहादुर बुढा र संगीतकार आशिष अविरल चयन भएका छन् भने महासचिवमा गीतकार सुमन बैरागी निर्वाचित भएका छन् । त्यस्तै सचिवमा संगीत संयोजक विनोदकुमार भुजेल र कोषाध्यक्षमा गायक विमल श्रेष्ठ चयन भएका छन्।

संघका सदस्यहरुमा नृत्यांगना आशा गौतम, गायिका सीता केसी, गायिका पूर्णिमा लामा, गायिका सूर्यकुमारी जोशी, गीतकार गणेश चौलागाईं, निर्देशक तथा कोरियोग्राफर राजीव बलामी, गायक खगेश्वर रञ्जितकार चयन भएका छन् । कानून व्यवसायी रमेश कोइराला निर्वाचन अधिकृत रहेको निर्वाचन मण्डलले चुनावी प्रक्रिया अगाडि बढाएका थिए ।

२०५६ सालमा लोकगायक कुमार बस्नेतको नेतृत्वमा स्थापना भएको यो संघमा रुबी जोशी, मिरा राणा, तारा थापा, कोमल वलीलगायतले नेतृत्व गरिसकेका छन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ०५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना