आनन्दराज बतासको पक्षमा कमल थापा खुल्नुको भित्री कथा « Khabarhub

आनन्दराज बतासको पक्षमा कमल थापा खुल्नुको भित्री कथा


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले बतास समूहका मालिक आनन्दराज बतासको चरित्र हत्या गरिनु ठीक नहुने बताएसँगै यसबारे अहिले व्यापक बहस सुरु भएकाे छ ।

नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेष्टुरेन्ट खोल्न लागेको र त्यसका लागि निर्माणाधीन भवन पर्यटनमन्त्री प्रेमकुमार आलेको आदेशमा भत्काइएपछि नेपाली समाज बतासको पक्ष र विपक्षमा विभाजित भइरहेको छ । बतास समूहले शक्तिका आडमा देशको विभिन्न स्थानमा ठेक्का पारेर काम गरिरहेको सार्वजनिक भइरहेका बेला आइतबार बिहान राप्रपा पूर्वअध्यक्ष थापा उनको बचाउमा उत्रिएका छन् ।

बतास समूहका अध्यक्ष आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी आक्रमण भइरहेको भन्दै आइतबार बिहान ७ः३४ बजे थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको छ । भित्री रहस्य थाहा छैन । मैले चिनेको आनन्दराज बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन् । उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ । चरित्रहत्या गरिनु ठिक होइन ।’

सत्ता र राजनीतिक संरक्षणको सिँढीमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले सार्वजनिक धारणाले धेरैको ध्यान तानेको छ । आखीर किन थापाले बतासकाे पक्ष लिए त ?

बतासबाट कानुन उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको थापाले भनाइ छ । तर, थापाले आफूले पहिलेदेखि नै चिनेको बताएका छन् । राप्रपाका एक नेताका अनुसार थापा र बतासबीच हार्दिक सम्बन्ध छ । बतासले थापालाई आर्थिक सहयोगदेखि गाडीसमेत किनिदिएको राप्रपा स्रोतको भनाइ छ । जसकारण अहिलेसम्म कुनै पनि दलका नेता नबाेल्दा बतासको बचाउमा थापा उत्रिएका हुन् ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा समेत थापालाई बतासले आर्थिक सहयोग गरेको थियो । पशुपति क्षेत्रमा बतास समूहले बनाएको भवनमा थापाले सम्पर्क कार्यालय खाेलेका थिए । भृकुटीमण्डपमा महाधिवेशन गरिने भएपछि पशुपति आउजाउमा सवारी जामसहितका समस्या हुने भएपछि थापाले आफ्नो सम्पर्क कार्यालय याक एन्ड यती होटेलमा बनाएका थिए । यसमा पनि बतास समूहले थापालाई आर्थिक सहयोग गरेको राप्रपाका एक नेताले न्युज कारखानालाई बताए ।

तर, बतास समूहको सहयोगबारे पूर्वअध्यक्ष थापाले केही खुलाएका छैनन् । खुलाउने कुरा पनि भएन । तर, उनले बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दादेखि नै चिनेको बताएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १२ : ३२ बजे

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध