आङ सान सूचीलाई चार वर्षको जेल सजाय « Khabarhub

आङ सान सूचीलाई चार वर्षको जेल सजाय


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार(बीबीसी)– म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई चार वर्षको जेल सजाय सुनाएको छ । सूचीमाथि गैर लाइसेन्सको वकीटकी राखेको आरोप छ ।

गत फेब्रुअरीमा सेनाले नागरिक सरकारमाथि सैन्य ‘कू’ गर्दै सूचीलाई सत्ताच्यूत गरेको थियो । सूचीलाई गत डिसेम्बरमा कोरोना भाइरसको प्रतिबन्ध उल्लंघन गरेका कारण चार वर्षको जेल सजाय सुनाइएको थियो । त्यसलगत्तै यो सजायलाई कम गर्दै अढाई वर्षको घरमै नजरबन्द गरिएको थियो ।

म्यानमारमा सत्ता प्रदर्शनपछि भएको हिंस्रक प्रदर्शनमा हालसम्म १ हजार ४ सयजनाले ज्यान गुमाइसकेका छन् ।

गत डिसेम्बरमा सूचीमाथि सुनाइएको सजायको अन्तर्राष्ट्रियस्तरबाट विरोध गरिएको थियो । म्यानमारका जनताहरुले यो फैसलाप्रति चिन्ता व्यक्त गर्दै विरोधको पुरानो शैली अपनाएर भाँडाकुडा बजाएका थिए ।

अदालतको निर्णयप्रति ह्युमन राइट्स वाचको शोधकर्ता मेनी मान्गले अदालतको आदेशले राष्ट्रियस्तरमा असन्तोषको विषय झन बढ्ने प्रतिक्रिया दिएकी छन् । ‘जब पछिल्लोपटक उनलाई सजाय सुनाइएको थियो, त्यो बेला म्यानमारमा सामाजिक सञ्जालमा सर्वाधिक चर्चा भएको थियो । जनता निकै रिसाएका थिए । सेनालाई अदालतको निर्णयले आम मानिसमा डर सिर्जना हुन्छ भन्ने लागेको होला । तर यसले जनतामा अझ बढी रिसको मात्रा बढाएको छ’, उनले भनेकी छन् ।

पत्रकारहरुलाई सुनुवाईमा सहभागी हुन दिइएको थिएन । जबकी सूचीका वकिलहरुमाथि मिडियासँग कुराकानी गर्न प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १२ : ५० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क