मेडिकल कलेजको माग गर्दै डेलिकेसन « Khabarhub

मेडिकल कलेजको माग गर्दै डेलिकेसन


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– गाईघाटमा मेडिकल कलेज स्थापनाकाे माग गर्दै यहाँका जनप्रतिनिधिको टोली डेलिकेसनमा गएकाे छ ।

उदयपुरमा मेडिकल कलेज खोल्न तीन वर्षअघि देखि भइरहेको प्रयासस्वरुप त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरी, चौदण्डीगढी नगरपालिका नगर प्रमुख खगेन्द्र राईसहितको १७ जनाको टोली काठमाडाै‌ गएकाे हाे ।

तीन वर्षअघि विज्ञसहितको स्वास्थ्य मन्त्रालयको टोलीले उदयपुरमा मेडिकल कलेज खोल्न सम्भाव्यता अध्ययन गरेकाे थियाे । त्यसैबेला कलेजका लागि स्थलगत अध्ययन समेत भएकाे थियाे ।

नगर प्रमुख चौधरी नेतृत्वकाे डेलिगेसन टाेलीले शनिबार उदयपुर १ का सांसद एव‌ परराष्ट्रमन्त्री डा. नारायण खड्का र विभिन्न मन्त्रालयका सरोकारवालासँग भेट गरेकाे छ ।

नगर प्रमुख चौधरीले शनिबार नै डा. खड्का निवासमा सर्वपक्षीय सहभागितामा बैठक बसी गाईघाटमा मेडिकल कलेज खोल्न आवश्यक जग्गा व्यवस्थापनदेखि बजेट माग गर्नेसम्मको विषयमा छलफल गरेको मन्त्री खड्काको सचिवालयले जानकारी दिए ।

यस्तै मन्त्री खड्कासँग त्रियुगा र चौदण्डीगढी नगरपालिकामा मुख्य समस्याको रुपमा रहेको ऐलानी र अव्यवस्थित भूमि व्यवस्थापन गर्ने गरी कामअघि बढाउने सम्झौता समेत भएको नगर प्रमुख चौधरीले बताए । त्यसका लागि मन्त्रालयबाट आवश्यक बजेट माग गर्ने र बाँकी नगरपालिकाले बेहोर्ने सम्झौता भएको छ ।

नगरपालिकाका विभिन्न वडामा आवश्यक पुल, सडक, खानेपानी र विद्युतीकरणलगायत विषयमा छलफल गरी योजना निर्माण र सञ्चालनका लागि बजेट माग गर्ने निर्णय भएको छ ।

यसै वर्ष मेडिकल कलेज निर्माणका लागि जग्गा टुंगो लगाउँदै संघीय सरकारमार्फत आवश्यक बजेट माग गर्ने निर्णय पनि भएकाे जनाइएकाे छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : ४५ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले