जुम्लामा राहदानी बनाउने युवा बढे, अधिकांशकाे लक्ष्य विदेश जाने « Khabarhub

जुम्लामा राहदानी बनाउने युवा बढे, अधिकांशकाे लक्ष्य विदेश जाने


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आर्थिक बर्ष २०७७/७८ मा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट तीन सय ३६ जनाले राहदानी बनाएका छन् । यस्तै, चालु आर्थिक बर्ष २०७८/७९ मा समेत चार सय १० जनाले राहदानी बनाइसकेका छन् ।

राहदानी शाखामा कर्यारत नायब सुब्बा कनिदत्त न्यौपानेका अनुसार दुई वर्षको अवधिमा जिल्लाबाट सात सय ४७ जनाले राहदानी बनाएको तथ्यांक छ । यो संख्या जुम्ला प्रशासनबाट मात्रै राहदानी लिनेहरूको हो ।

योभन्दा धेरै बढीले काठमाडाैंबाट राहदानी बनाउने गरेका छन् ।

न्यौपानेले भने, ‘यो दुई वर्षको अवधिमा ७६ जना महिलाले राहदानी बनाएका छन् । उनका अनुसार स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेका हुन् ।

राहदानी बनाउनेकाे संख्या बढ्नुकाे एउटा प्रमुख कारण देशमा रोजगारीको अवसर नपाएपछि विदेश जाने तयारीका लागि पनि हाे ।

नागरिक समाजका अगुवा राजबहादुर महतले भने, ‘विदेश (तेस्राे मुलुक) मात्रै नभइ जुम्लाका धेरै युवा रोजागारीका लागि भारत जाने गर्छन् ।’

गाउँमा रोजागारीका अवसर नभएरपछि यूवाहरू विदेश जान राहदानी बनाउन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल बताए । उनले भनिन्, ‘रोजगारीकै लागि हजारौं युवाहरू विदेशिन बाध्य भएका छन् ।

स्थानीय सरकारहरूले पनि यूवा रोजगारीमा त्यति चासो नदिएकाले विदेश जाने यूवाको संख्या बढ्दै गएको छ ।’

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : १५ बजे

सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै

१५ दिनमा छ सय सोह्र विपद्का घटना : ३४ जनाको मृत्यु

काठमाडौं– विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब

चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२

बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौं– ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया