जुम्लामा राहदानी बनाउने युवा बढे, अधिकांशकाे लक्ष्य विदेश जाने « Khabarhub

जुम्लामा राहदानी बनाउने युवा बढे, अधिकांशकाे लक्ष्य विदेश जाने


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आर्थिक बर्ष २०७७/७८ मा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट तीन सय ३६ जनाले राहदानी बनाएका छन् । यस्तै, चालु आर्थिक बर्ष २०७८/७९ मा समेत चार सय १० जनाले राहदानी बनाइसकेका छन् ।

राहदानी शाखामा कर्यारत नायब सुब्बा कनिदत्त न्यौपानेका अनुसार दुई वर्षको अवधिमा जिल्लाबाट सात सय ४७ जनाले राहदानी बनाएको तथ्यांक छ । यो संख्या जुम्ला प्रशासनबाट मात्रै राहदानी लिनेहरूको हो ।

योभन्दा धेरै बढीले काठमाडाैंबाट राहदानी बनाउने गरेका छन् ।

न्यौपानेले भने, ‘यो दुई वर्षको अवधिमा ७६ जना महिलाले राहदानी बनाएका छन् । उनका अनुसार स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेका हुन् ।

राहदानी बनाउनेकाे संख्या बढ्नुकाे एउटा प्रमुख कारण देशमा रोजगारीको अवसर नपाएपछि विदेश जाने तयारीका लागि पनि हाे ।

नागरिक समाजका अगुवा राजबहादुर महतले भने, ‘विदेश (तेस्राे मुलुक) मात्रै नभइ जुम्लाका धेरै युवा रोजागारीका लागि भारत जाने गर्छन् ।’

गाउँमा रोजागारीका अवसर नभएरपछि यूवाहरू विदेश जान राहदानी बनाउन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल बताए । उनले भनिन्, ‘रोजगारीकै लागि हजारौं युवाहरू विदेशिन बाध्य भएका छन् ।

स्थानीय सरकारहरूले पनि यूवा रोजगारीमा त्यति चासो नदिएकाले विदेश जाने यूवाको संख्या बढ्दै गएको छ ।’

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : १५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका