कर्णाली प्रदेशका चार जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन « Khabarhub

कर्णाली प्रदेशका चार जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका १० जिल्लामध्ये चार जिल्लामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन् ।

सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर बुढा, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

सुर्खेतमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अमृतबहादुर बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा भईरहेको छ । सुर्खेतमा सोमबार निर्वाचन हुँदैछ । कालिकोट, दैलेख र जाजरकोट नेतृत्वका लागि धेरैजना आकांक्षी छन् । यी जिल्लामा सर्वसम्मत हुन नसकेमा निर्वाचन हुनेछ ।

कर्णालीका १० जिल्लामध्ये गत शनिबार आठ जिल्लामा अधिवेशन सुरु भएको थियो । बाँकी रहेका मुगुमा मंगलबार र हुम्लामा २३ माघमा जिल्ला अधिवेशन हुने एमालेककर्णाली प्रदेश सचिव विनोदकुमार शाहले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ३ : ३० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका