कर्णाली प्रदेशका चार जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन | Khabarhub Khabarhub

कर्णाली प्रदेशका चार जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका १० जिल्लामध्ये चार जिल्लामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन् ।

सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर बुढा, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

सुर्खेतमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अमृतबहादुर बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा भईरहेको छ । सुर्खेतमा सोमबार निर्वाचन हुँदैछ । कालिकोट, दैलेख र जाजरकोट नेतृत्वका लागि धेरैजना आकांक्षी छन् । यी जिल्लामा सर्वसम्मत हुन नसकेमा निर्वाचन हुनेछ ।

कर्णालीका १० जिल्लामध्ये गत शनिबार आठ जिल्लामा अधिवेशन सुरु भएको थियो । बाँकी रहेका मुगुमा मंगलबार र हुम्लामा २३ माघमा जिल्ला अधिवेशन हुने एमालेककर्णाली प्रदेश सचिव विनोदकुमार शाहले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ३ : ३० बजे

केपी, शेरबहादुर र प्रचण्डले राजनीतिबाट सन्न्यास लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजका दिनमा तीन ठूला

टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने क्रिकेट टोलीलाई बिदाइ

काठमाडौं– टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय

महाकाली नदीमा दुई बालिका बेपत्ता

दोधारा चाँदनी- कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा दुई

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

रसुवा– रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता