कामदार र कम्पनीबीच करार पत्रमा उल्लेख भएका कुरा इमान्दारीपूर्वक पालना हुनुपर्छ: राजदूत भण्डारी « Khabarhub

कामदार र कम्पनीबीच करार पत्रमा उल्लेख भएका कुरा इमान्दारीपूर्वक पालना हुनुपर्छ: राजदूत भण्डारी



दोहा– कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कामदार र कम्पनीबीच करार पत्रमा उल्लेख भएका कुरा इमान्दारीपूर्वक पालना हुनुपर्ने बताएका छन् ।

त्यहाँस्थित नेपाली दूतावासको सभाकक्षमा राजदूत भण्डारी र कुवेतमा नेपाली कामदार लिने कम्पनीका प्रतिनिधिहरुबीच भएको छलफल भएको छ ।

नेपाली कामदार र कम्पनीबीचको सम्बन्धबारे छलफल कार्यक्रममा राजदूत भण्डारीले कम्पनीहरुले विशेषतः चुनौतीपूर्ण तथा जोखिमयुक्त कार्यहरूमा खटाउनुपूर्व कार्यस्थलमा विशेष निरोधात्मक सुरक्षा व्यवस्था अपनाउनुपर्ने बताएका छन् ।

कामदारको तलब-भत्ता लगायतका सुविधाहरू तोकिएको समयमा दिनुपर्ने, कामदार र कम्पनीबीच सम्पन्न करार पत्रमा उल्लेख भएका कुराहरूको इमान्दारीपूर्वक पालना गर्नुपर्ने, आवास, खानाको उचित प्रवन्ध सहित कामदारप्रति कम्पनी व्यवस्थापनले उचित व्यवहार र सम्मान गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

यसैगरी कामदार भर्ना लिनुपूर्व कम्पनीहरुले कामको प्रकृति, आवश्यक जनशक्ति, सेवा सुविधा लगायतका विषयमा भर्ती एजेन्सीहरूसँग सोझै छलफल गरी स्पष्ट पार्नुपर्ने बताए ।

कामदार भनेका कम्पनीका इन्जिन रहेको बताउँदै उनले रोजगारदाता कम्पनीको मेरूदण्डको रूपमा रहेका कामदार र कम्पनी व्यवस्थापन बीचको सुमधुर सम्बन्धबाट कम्पनीको प्रभावकारीता बढ्ने, बढी उपलब्धी हासिल हुने भएकाले असल श्रम सम्बन्धको थप विकासका लागि कम्पनीको तर्फबाट विशेष सक्रियता देखाउनुपर्ने उनको भनाइ रहेको थियो ।

राजदूत भण्डारीले कामदारलाई कुवेत आएपश्चात कार्यस्थलमा खटाउनु पूर्व काम, यहाँको रितिथिति, स्थानीय कानूनी व्यवस्थाको सामान्य ज्ञान, गर्न हुने-नहुने कामका बारे जानकारी दिन आगमन पश्चातको अभिमूखिकरणको व्यवस्था गर्न कम्पनीका प्रतिनिधिहरूलाई सुझाव दिंदै त्यसका लागि कम्पनीले चाहेमा दूतावासले कम्पनीलाई आवश्यक सहयोग गर्न सक्ने बताए ।

कार्यक्रममा श्रम सहचारी हेमकुमार अधिकारीले मागपत्र प्रमाणीकरण प्रक्रियामा गर्नुपर्ने कार्यबारे जानकारी दिएका थिए भने दूतावासका मिनिष्टर काउन्सेलर प्रकाशमणी पौडेलले उपस्थित सबैको स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा सहभागीका तर्फबाट समेत नेपाली कामदारको प्रशंसा गर्दै उनीहरूलाई कम्पनीको तर्फबाट दिने तलब, सुविधा लगायत सुरक्षा आदिबारे वक्ताहरूले प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ३ : १५ बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी