चितवन एमालेको अधिवेशन अनिश्चित « Khabarhub

चितवन एमालेको अधिवेशन अनिश्चित


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमाले चितवनको १०औँ अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना महामारीको तेस्रो लहर (ओमिक्रोन) बढ्दै गएको भन्दै अधिवेशन अनिश्चितकालका लागि स्थगन भएको हो ।

यसअघि अध्यक्षमण्डलले सोमबार नयाँ कार्यसमितिमा रहन इच्छुक नेताहरूबीच सहमति गराएर नामावली घोषणा गर्ने कार्यक्रम थियो । चितवन एमालेको अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले इच्छा देखाएका छन् । अध्यक्षमा इच्छा देखाएका कमल पाठक उपाध्यक्षमा बस्ने बताएका थिए ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन गृह मन्त्रालयलाई सिफारिस गरेकाले अधिवेशन हाललाई स्थगित गरेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् ।

अध्यक्ष रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी कार्यकर्ता एवं सर्वसाधारणमा पर्न सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन हाललाई स्थगित गरिएको जनाएका हुन् ।

सर्वसम्मतिबाट जिल्ला अध्यक्षसहित कार्यसमिति सदस्य चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्व अध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरू छन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ५ : ४६ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा