ललिता निवास प्रकरण : किर्तेसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई फिर्ता पठायो | Khabarhub Khabarhub

ललिता निवास प्रकरण : किर्तेसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई फिर्ता पठायो


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास टारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा कीर्ते कसूरको अनुसन्धान गरी मुद्दा दर्ताका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको छ । अनुसन्धान ‘अपूर्ण’ भएको भन्दै सरकारी वकिलको कार्यालयले सो प्रतिवेदन सीआईबीलाई फिर्ता पठाएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्दा भएको सरकारी कागजात तथा दस्तखत कीर्तेबारे अनुसन्धान गर्दै सीआईबीले गत बिहीबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, अनुसन्धान प्रतिवेदनमा आधारमा मुद्दा दर्ता गर्दा कतिपय दाबीहरु कमजोर हुने देखिएपछि फेरि अनुसन्धान गर्न भनेर प्रतिवेदन फिर्ता पठाइएको जनाइएको छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसार किर्ते कसूरमा थाहा पाएको दुई वर्षभित्र मुद्दा दायर गर्नुपर्ने हदम्याद सोमबार नै सकिएको छ । हदम्याद सकिएकाले यो प्रकरणमा मुद्दा दायर हुने सम्भावना कम छ । तर, सरकारी वकिल कार्यालयले भने यो प्रकरण मुलुकी ऐन २०२० लागू रहेको अवस्था भएको भन्दै मुद्दा दायर गर्न बाधा नपर्ने बताएको छ । सीआईबीले यो प्रकरणमा तीन सयजनालाई अभियुक्त बनाउने रायसहितको प्रतिवेदन दिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १० : ०३ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये