पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रेष्ठको घरमा चोरी गर्ने चार जना सार्वजनिक « Khabarhub

पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रेष्ठको घरमा चोरी गर्ने चार जना सार्वजनिक


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठको घरमा सुन चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रक्राउ गरेको छ ।

गत पुस १२ गते दिउँसो श्रेष्ठको चौतारास्थित पुरानो बजारमा रहेको घरमा कोही नभएको अवस्थामा दराजको ताला फुटाइ दराजभित्र रहेको १३ तोला सुन र १ लाख नगद चोरी गर्ने एक महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजानिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकी सुनकोशी गाउँपालिकाकी २० वर्षीया किशोरी कञ्चन पराजुली मार्फत् अन्य युवाहरूले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीसँगै सिन्धुपाल्चोक इन्द्रावती १० बडहरेका २४ वर्षीय मनिष सुन्दास , इन्द्रावती ९ सिपाटारका २५ वर्षका वुद्ध तामाङ र सिपाटारकै २६ वर्षका विक्की भन्ने अनिल तामाङ संलग्न रहेको जनाएको छ ।

कञ्चन पीडित श्रेष्ठको घरमा भाडामा बस्दै आएकी थिइन् । श्रेष्ठको धनमाल चोरीमा उनकै प्रमुख भूमिका देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मनिष काठमाडौँमा प्लस टुमा एकै कलेजमा कञ्चनसँगै अध्ययन गर्दै आएका थिए ।

काठमाडौँमा खटिएका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरिवोल केसीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । चोरीमा संलग्न एक महिलाले दिएको बयानका आधारमा सोही दिन पक्राउ गरिएको र अन्यलाई एक हप्ता लामो अनुसन्धान पश्चात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी राजन अधिकारीले बताए ।

उनीहरूले चोरी गरेको केही सुनहरु भागबन्डा गरेको र केही गहनाको स्वरुप परिवर्तन गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई धनमाल चोरी कसुर अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : ०४ बजे

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा

रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै मन्त्रालय

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

काठमाडौं– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ

कस्मेटिका २०२५ : नेपालमा पहिलो ठूलो सौन्दर्य, वेलनेस र कस्मेटिक्स एक्स्पो

काठमाडौं– नेपालमा पहिलो पटक आयोजित कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी