विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४० करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४० करोड नाघ्यो


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४० करोड नाघेको छ। विश्वभर ४० करोड ३३ लाख ७४ हजार २ जनामा संक्रमण पुष्टि भएको कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

वल्डोमिटरका अनुसार गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २३ लाख ६८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

यस्तै कोरोना निको हुनेको संख्या ३२ करोड २९ लाख नाघेको छ। २४ घण्टामा मात्रै २१ लाख ९२ हजारले संक्रमण जितेका छन्।

यस्तै कोरोनाले मृत्यु हुनेको संख्या ५७ लाख ९३ हजार पुगेको छ। गत २४ घण्टामा मात्रै १० हजार ५ सय जना संक्रमितको मृत्यु भएको वल्डोमिटरले उल्लेख गरेको छ।

अझै पनि विश्वभर ७ करोड ४६ लाख सक्रिय संक्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ।

नेपालमा २४ घण्टामा १४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार १६ हजार ३५६ जनाको परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको छ ।

११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५१ जनामा कोरोना पुष्टि भएको छ भने ४ हजार ७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ७ हजार ७७७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिले देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ । कोरोना संक्रमणबाट थप १४ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ५ : ४५ बजे

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०