हत्केलामा यस्ता रेखा भएका मानिसले शेयर बजारमा धन कमाउन सक्छन् « Khabarhub

हत्केलामा यस्ता रेखा भएका मानिसले शेयर बजारमा धन कमाउन सक्छन्


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकांश मानिस जीवनमा अचानक धन प्राप्तिको इच्छा राख्छन् । यसकालागि केही मानिसले शेयर बजारमा लगानी गर्छन् । हस्तरेखा शास्त्रका अनुसार हत्केलाका केही खास रेखा र चिन्हले धन योगको संकेत गर्दछ । यी रेखाका माध्यमले मानिसले कुन स्थितिमा आकस्मिक धन प्राप्ति गर्छन् भन्ने जान्न सकिन्छ ।

मुख्य तीन रेखा

हस्तरेखा शास्त्रमा हत्केलाका हृदय, मस्तिष्क र जीवन रेखाको विशेष महत्त्व छ । यी ३ रेखा हरेक मानिसको हत्केलामा हुने गर्दछ । यदि राहु क्षेत्रमा त्रिभुजको चिन्ह बनेको छ र यसमा सूर्य पर्वतबाट आएको कुनै रेखाले अन्य त्रिभुज बनाएको छ भने यस्ता व्यक्तिले अचानक धन लाभ गर्न सक्ने मान्यता छ ।

भाग्य रेखामा त्रिभुज

यदि हत्केलाको हृदय र मस्तिष्क रेखाका बीचमा भाग्य रेखामा त्रिभुजको चिन्ह छ भने यसले जीवनमा अचानक धन लाभको योग बनाउँछ । यस्तै यो त्रिभुजमा मंगल क्षेत्रबाट कुनै पातली रेखा आएर मिलेको छ भने सम्पत्ति र धन लाभ हुने गर्दछ ।

भाग्य रेखा

यदि हत्केलामा मणिबन्धबाट कुनै भाग्य रेखा नभई, भाग्य रेखा राहु क्षेत्रबाट सुरु भएर शनि पर्वतसम्म पुगेको छ भने यस्ता व्यक्तिले अचानक आर्थिक प्रगति गर्ने मान्यता छ । यस अलावा यदि भाग्य रेखाबाट अन्य कुनै रेखा जीवन रेखासँग मिलेमा यस्ता मानिसले शेयर बजारमा अत्यधिक लाभ लिने सक्ने मान्यता छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : ०६ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक