‘उच्च आयातले अर्थतन्त्र गम्भीर संकटमा’ | Khabarhub Khabarhub

‘उच्च आयातले अर्थतन्त्र गम्भीर संकटमा’



काठमाडौँ – नेपालमा पछिल्लो समय भएको उच्च आयात तथा अन्य कारणले विदेशी मुद्रा विदेशीनेक्रम बढेसँगै अर्थतन्त्रमा गम्भीर संकट देखा परेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७८/७९ आर्थिक वर्षको अर्धवार्षिक तथ्यांक (पुस मसान्तसम्म) अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ। जुन हालसम्मकै उच्च हो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो।

यसैगरी सो अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि १६.७ प्रतिशतले कमी आएको छ। २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आएर २०७८ पुस मसान्तमा ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको छ।

यसैगरी नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आएर १० खर्ब १५ अर्ब ५९ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७८ पुस मसान्तमा २.७ प्रतिशतले कमी आएर १५० अर्ब २१ करोड रुपैयाँ कायम भएको छ। २०७८ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ।

हालको आयात र विदेशी मुद्रा
सञ्चितीलाई आधार मान्दा आर्थिक वर्ष २०७८/७९ बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। नेपालमा विदेशी सञ्चिती नै घट्नु देशको अर्थतन्त्र गम्भीर संकट उन्मुख भएको पूर्वअर्थ सचिव रामेश्वर खनालले बताए।

देशको अर्थतन्त्रमा तराको घण्टी बझ्नु सरकारमात्र नभई सम्पूर्ण राजनीतिक दल जिम्मेवार भएको उनको बुझाइ छ।
अर्थविद् डा. चन्द्रमणि अधिकारीका अनुसार नेपालमा विदेशी मुद्रा घट्नुको कारण पर्यटन आगमनमा कमी, विदेशिक सहायतामा आएको ह्रास, विप्रेषणमा कमी, वैदेशिक लगानीमा कमी र निर्यात भन्दा आयात बढी हुनु नै हो।

राष्ट्र बैँकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आएर ६८ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आएर ३ अर्ब ९३ करोड पुगेको छ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएर १,६७,५१३ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आएर ५२३ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भएर १,३०,२१२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आएर ५२३ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो।

यसरी विप्रेषण आप्रवाह घट्नु नेपालीले क्रिप्टोकरेन्सी लगायतमा लगानी गर्नुको साथै नेपाली वैदेशिक रोजगारीमा जाने मुलुकको आर्थिक अवस्था पनि कमजोर भएको अर्थशास्त्री प्रमोद रिजालले बताए।

त्यस्तै, समीक्षा अवधिमा चालु खाता ३५४ अर्ब ७ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ।

उक्त अवधिमा पुँजीगत ट्रान्सफर २०.० प्रतिशतले कमी आएर ५ अर्ब ४८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भएर ११ अर्ब ३४ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६६ करोड रहेको थियो।

अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ६ अर्ब ८५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६६ करोड रहेको थियो।

राष्ट्र बैँकका अनुसार शोधनान्तर स्थिति २४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको छ।

तथापी, आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भएर ११८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १२१.८ प्रतिशत र ३०.२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, जस्तापाता, तार लगायतका वस्तुको निर्यात घटेको छ। यस्तै, कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भएर ९९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७.५ प्रतिशत, ५१.५ प्रतिशत र ९८.२ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपूर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, किटनाशक लगायतका वस्तुको आयात घटेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपूर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, किटनाशक लगायतका वस्तुको आयात घटेको छ।

निर्यात बढे पनि कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भएर.८८० अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात- आयात अनुपात ११.९ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरेर ११० अर्ब ९१ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८३ अर्ब १ करोड बराबरको भएको थियो।

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.८ प्रतिशत र ५२.२ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पूँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३१.९ प्रतिशत, ०.६ प्रतिशत र ६७.५ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.७ प्रतिशत, पूँजीगत वस्तुको १०.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः ५२.६ प्रतिशत, १२.० प्रतिशत र ३५.४ प्रतिशत रहेका थिए।

वार्षिक बिन्दुगत आधारमा २०७८ पुस महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाई मूल्य सूचकाङ्क १०.५ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १२.३ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैँकले निर्यातमा कडाई गरेसँगै पैसा चलायमान हुन नपाएको र देश आर्थिक संकट उन्मुख भएको अर्थशास्त्री प्रमोद रिजालको भनाइ छ ।

२०७७ पुस महिनामा ३.६ प्रतिशतले बढेको व्यापारको शर्त २०७८ पुस महिनामा १.६ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा खुद सेवा आय ४६ अर्ब १७ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २८ अर्ब ५२ करोडले घाटामा रहेको थियो।

नेपाल राष्ट्र बैँकले निर्यातमा कडाई गरेसँगै पैसा चलायमान हुन नपाएको र देश आर्थिक संकट उन्मुख भएको अर्थशास्त्री प्रमोद रिजालले बताए।

नेपालमा आयातमुखी अर्थतन्त्र भएकाले आयातबाट राजस्व, कर, जग्गा किनबेच तथा अन्य वस्तुको आयातबाट सरकारले राजस्व संकलन गरिरहेको थियो। तर, सरकारले आयातमा नै कडिकडाई गरेपछि नेपालको आर्थिक अवस्था थप घरासायी उनको बुझाई छ।

त्यस्तै, नेपालमा स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा थप आयात हुने पूर्वअर्थ सचिव बोहोरको प्रक्षेपण रहेको छ।
त्यस्तै, २०७८ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ५.६५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ३.५६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ४.९२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फिति ६.२३ प्रतिशत रहेको छ। २०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ।

नेपालको अर्थतन्त्र यस्तो हुनमा सुशासनको कमी, सरकारले खर्च गर्न नसक्नु, तीन तहको स्थानीय निकायमा समन्वय नहुनु, स्वदेशी तथा विदेशी लगानी गर्ने वातावरण सिर्जना गर्न नसक्नु, आन्तरिक उत्पादन प्रतिस्पर्धी बनाउन नसक्नु देखिएको अर्थशास्त्री बताउछन् ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मुद्रास्फिति रहेको छ। २०७७ पुसमा यी क्षेत्रमा क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत मुद्रास्फिति रहेको थियो।

यसैगरी, २०७८ पुसमा वार्षिक विन्दुगत थोक मुद्रास्फिति ८.०८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ६.१८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.१० प्रतिशत, ७.६७ प्रतिशत र ७.१४ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १७.५१ प्रतिशत रहेको छ।

यस पटकको सुंचकाकंले तराईमा समेत मूल्य वृद्धि भएकाले अर्थतन्त्र धरासायी भएको अर्थविद् अधिकारीले बताए।
नेपालको यस्तो अर्थतन्त्र हुनमा सुशासनको कमी, सरकारले खर्च गर्न नसक्नु, तीन तहको स्थानीय निकायमा समन्वय नहुनु, स्वदेशी तथा विदेशी लगानी गर्ने वातावरण सिर्जना गर्न नसक्नु, आन्तरिक उत्पादन प्रतिस्पर्धी बनाउन नसक्नु लगायत रहेको अधिकारीले बताए।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १० : ४७ बजे

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले