बेलायतमा कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटाइँदै « Khabarhub

बेलायतमा कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटाइँदै


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतमा कोरोनासम्बन्धी सम्पूर्ण प्रतिबन्धहरु दुई साताभित्र हटाइने भएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले संसदमा कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको जानकारी दिएका हुन्।

परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफैँ आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा सकिँदैछ ।

कोभिड संक्रमण घट्दै गएको र विज्ञहरुको सुझाबविपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो ।

सरकारको तथ्यांकअनुसार पछिल्लो मंगलबार बेलायतमा ६६ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो साताको तुलनामा ४१ दशमलब १ प्रतिशतले कमी हो । १० दिनअघिसम्म बेलायतमा दैनिक संक्रमितको संख्या एक लाख थियो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ९ : ४६ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,