रसुवागढीबाट आयात हुन थाल्यो « Khabarhub

रसुवागढीबाट आयात हुन थाल्यो


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – हिमपातका कारण ठप्प भएको रसुवागढी नाकाबाट आयात पुनःसञ्चालन भएको छ ।

चिनियाँ नयाँ वर्षका अवसरमा सोमबार र मङ्गलबार बन्द भएर बुधबार मात्रै खुला भएको नाका गत शुक्रबार र शनिबार हिमपातका कारण फेरि अवरुद्ध भएको थियो । चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए । हिउँ पग्ल्लिएसँगै बुधबार नौ वटा टेलरमार्फत सामान आयात भएको हो ।

हिमपातका कारण चिनियाँ सवारी साधन गुड्न नसक्दा रोकिएका सामग्री रसुवागढी नाकामा आउन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ । रसुवागढी मितेरी पुलमा तैनाथ सुरक्षाकर्मीका अनुसार बुधबार नौ वटा चिनियाँ टेलरमार्फत आएका सामग्री नेपाली सवारी साधनमा पल्टिभई परीक्षणका लागि भन्सार हातामा पठाई सकिएको छ ।

आयातकर्ता व्यवसायीले परिमाण घोषणा गर्नासाथ परीक्षण कार्य छिटोछरितो अगाडि बढाउन आफ्ना जाँचकी तयार रहेको भन्सार अधिकारीले जनाएका छन् । बुधबार आयात भएको सामग्रीमा नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको उपकरणलगायत विभिन्न सामग्री रहेको सुरक्षाकर्मीले बताएका छन् ।

आयात भएका चिनियाँ सामग्री रसुवाबाट काठमाडौँ ढुवानीका लागि सयौँ नेपाली कन्टेनर टिमुरेमा लामबद्ध भइसकेको सुरक्षाकर्मीले जनाएका छन् । भन्सार अधिकृत मदन श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि माघ २६ गतेसम्म रु चार अर्ब ७६ करोड ६० लाख ५२ हजार राजस्व सङ्कलन भएको हो ।

रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर मात्रै छ । रसुवागढी नाकाबाट हुँदै आएको आयात–निर्यात झन्डै दुई वर्षयता पटकपटक प्रभावित हुँदै आएको छ । विभिन्न पर्व, हिमपात, पहिरो र कोरोना महामारीका कारण पटकपटक नाका बन्द भएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ९ : ५५ बजे

‘मर्दानी ३’ मा शिवानी शिवाजी रोयको खतरनाक मिशन, रानी मुखर्जीको दमदार अवतार फर्किँदै

काठमाडौं– बलिउडकी सशक्त अभिनेत्री रानी मुखर्जी फेरि आफ्नो चर्चित भूमिका

अभियन्ता सायमी नेकपामा प्रवेश गर्दै, केन्द्रीय सदस्य पाउने

काठमाडौं– अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।