दोर्दीखोला-१ जलविद्युतको ९८ प्रतिशत निर्माण सम्पन्न  « Khabarhub

दोर्दीखोला-१ जलविद्युतको ९८ प्रतिशत निर्माण सम्पन्न 


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनाको काम ९८ प्रतिशत सकिएको छ । दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएपछि विद्युत उत्पादन थालिनेछ । विद्युतगृहको सिभिल संरचनाको काम सकिएको छ ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सम्पन्न गरी उपकरण परीक्षणको काम भइरहेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सब स्टेसनमा लगेर जोडिनेछ । सब स्टेसनसम्मको आवश्यक ३.५ किलोमिटर लामो प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गरिरहेको छ । प्रसारण लाइनको आवश्यक १५ वटा टावर ठड्याएर सकिएको कम्पनीले जनाएको छ । ०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा ५ बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृह लगायत सबै संरचनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । गत जेठमा पूरा भएको २.५ किलोमिटर मुख्य सुरुङको ढलान गर्ने, सफा गर्नेलगायत फिनिसिङ सकिएको छ । अहिले अन्तिम चरणको छुटेको काम भइरहेको छ । ७१५ मिटर लामो पेनस्टक पाइप जडानको काम पनि सकिएको छ ।

आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरले आयोजनाको उत्पादन पछि धकेलिएको हो । साथै, गत असारमा आएको बाढी पहिरोले आयोजनामा क्षति पुग्दा उत्पादन तालिका पछि सर्दै आएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १० : २० बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,