के इन्टरनेटको लतले स्वास्थ्यमा समस्या ल्याउँछ ? « Khabarhub

के इन्टरनेटको लतले स्वास्थ्यमा समस्या ल्याउँछ ?


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

इन्टरनेट सूचना, मनोरञ्जन र ज्ञानको भण्डार हो । तर सही सदुपयोग गर्न नसके र अत्यधिक प्रयोग गर्न थाले मानिसमा इन्टरनेटको लत नै लाग्दछ ।

अत्यधिक इन्टरनेटको प्रयोगले प्रयोगकर्ताको एकाग्रता, सम्झना शक्ति र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्दछ । इन्टरनेटको प्रयोगले मस्तिष्कको संरचनामा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिकित्सकहरू बताउँछन् । इन्टरनेटले मष्तिकको संरचना, कार्य गर्ने शैली र संज्ञानात्मक विकासलाई प्रभावित पार्दछ र बिस्तारै मानिस यसको लतमा फस्ने गर्दछन् । अधिकांश अभिभावकमा सन्तानमा भएको इन्टरनेटको लतका कारण चिन्तित छन् ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा सन् २०१८ मा जारी निर्देश अनुसार, साढे दुई वर्ष भन्दा मुनीका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी इन्टरनेट वा स्क्रिनमा बिताउन दिन नहुने तर्क गरेको छ । यसले बालबालिकालाई बिस्तारै ‘साइबर एडिक्ट’ बनाउने विज्ञको तर्क छ ।

इन्टरनेटको लत रक्सी र चुरोटको कुलत जस्तै हुन्छ । इन्टरनेटको लत लागेकाहरूमा तनाव र निन्द्रा बढ्दै जाने चिकित्सक बताउँछन् । यसका साथै अधैर्य हुने, छटपटाहट, बेचैनी बढ्ने, तनाव र डिप्रेसन पनि बढाउँछ । तसर्थ धेरै समयमा इन्टरनेटमा बिताउनेहरूले समय मै सचेत हुन आवश्यक छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १० : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै