गठबन्धनका शीर्ष तीन नेताको भेटबारे नारायणकाजी श्रेष्ठले भने– एमसीसीको नाम उच्चारण नै भएन « Khabarhub

गठबन्धनका शीर्ष तीन नेताको भेटबारे नारायणकाजी श्रेष्ठले भने– एमसीसीको नाम उच्चारण नै भएन


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण सत्तारुढ गठबन्धन दलहरुबीच दूरी बढिरहेका बेला आज शिर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।

‘भेटवार्तामा एमसीसीको नाम उच्चारण पनि भएन,’ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहभागी नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले भने, ‘अन्य समसामयिक विषयमा छलफल भयो ।’

एमसीसी संसदमा टेवल गर्ने र अनुमोदन गर्ने विषयमा सत्तारुढ दलहरुबीच मतभेद रहँदै आएको छ ।

माओवादी र एकीकृत समाजवादीले संशोधन नगरी एमसीसी संसदबाट अनुमोदन गर्न नहुने बताउँदै आएका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस हालकै हवस्थामा एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा रहेको छ ।

यसै साता देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसीलाई फागुन भित्र संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता गरी पठाएको पत्र सार्वजनिक भएपछि सत्तारुढ दलहरुबीच थप दुरी बढेको हो ।

यसैबीच बुधबार प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो । भेटमा उनीहरुले एमसीसीका विषयमा साझा धारणा बनाएका थिए ।

साझा धारणा लिएर आज प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निकट स्रोतका अनुसार भेटवार्तामा प्रचण्ड र नेपालले हालकै अवस्थमा एमसीसी अनुमोदन गर्न नसकिने स्पष्ट अडान राखेका थिए । तर भेटवार्तामा सहभागी माओवादी नेता श्रेष्ठले भने एमसीसीका विषयमा छलफल नै नभएको दाबी गरे ।

‘आजको भेटघाट शुद्ध रुपमा चीया गफ जस्तो भयो,’ उनले भने ।
– न्यूज कारखानाबाट

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  २ : ३० बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित