एक गाग्री पानी भर्न एक घण्टा « Khabarhub

एक गाग्री पानी भर्न एक घण्टा


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देउखुरी– ठाडो उकालो, पिठ्युँमा डोको, डोकोमा गाग्रीभरि पानी, पानीमाथि तीन वर्षकी छोरी बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता छ, घोराही उपमहानगरपालिका-१९ खोलीगाउँका महिलाको । एक गाग्री पानी लिन हरेक दिन उकालो–ओरालो झर्नुपर्ने बाध्यताका कारण उनीहरूको बिहानभरको समय त्यतै बित्ने गरेको छ ।

एउटै मुहानको पानी प्रयोग गर्ने ३१ परिवार छन् । घोराही बजारबाट बढीमा नौ किलोमिटरको दूरीमा रहेको विकट क्षेत्र खोलीगाउँ पानी नपाएर छट्पटिएको छ । सहजरूपमा पानी पाउन सकिँदैन । ‘सानो धारो आउँछ, दुईदिनमा एक दिनमात्रै पानी आउँछ । एकदिन पानीको जोहो गर्न सकिएन भने खानेपानीको समस्या हुन्छ’ खोलीगाँउकी लक्ष्मी घर्तीले भनिन् ।

उनले थपिन्,’पानी नुहँदा बालबालिकाले नुहाउन पाएका छैनन्, सरसफाइमा पनि बाधा पुगेको छ । गाईबस्तुलाई खुवाउनु र तरकारी खेती गर्नु परेको छ । व्यवस्था फेरिए पनि अवस्था फेरिएको छैन । गाउँवासीले डोकोमा एक घण्टा ठाडो उकालोबाट पानी बोकेरै दैनिक गजारा चलाउनु परेको छ ।’

सिमको सङ्कलित पानीले यहाँका गाउँलेले दैनिक गुजारा गर्दै आएका छन् । एक गाग्री पानी भर्न एक घण्टा लाग्छ । त्यहाँ खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा र सहज बाटोघाटो पनि छैन । ‘गाउँमा विद्यालय छैन, बालबालिकालाई सहजरूपमा विद्यालय पठाउन कठिन छ’, स्थानीय विपना पुन मगरले भनिन्, ‘पानी आाउन छाड्यो भने मुहानसम्म पुग्नै एकदिन लाग्छ । जसोतसो ल्याएको पानी मुस्किलले तीन घण्टा आउँछ, तर त्यो पानी पनि आलोपालो भर्नुपर्ने बाध्यता छ ।’

गाउँमा पानीको पीडा भोग्दै आएका यहाँका धेरै बासिन्दाको दैनिक गुजाराका लागि पानीकै समस्या छ । वर्षौदेखि डोकोमा गाग्री राखेर पानी बोक्दाबोक्दै कति नाम्लोका डोरी चुडिए, कति डोका फाटे तर पानी सहज हुनसकेको छैन । एक गाग्री पानी लिएर घर पुग्दा सबैलाई ठूलै युद्ध जितेजस्तै हुन्छ । खोली गाउँका सुकमती पुन गरुले तीन घण्टा समय खर्चेर गाग्रीमा पानी लिएर आउने गरेको बताइन् । खोलीगाउँका सबैले पुस्तौँदेखि खानेपानीका लागि यसरी नै सङ्घर्ष गर्दै आएका छन् ।

स्थानीयवासीले जनश्रमदान गरेर बनाएको पानीको स्रोत विसं २०७२ को भूकम्पले धक्का दिएपछि मूलबाट पानी आउन छोडेको हो । बिहान–बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको छ । पानीको समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौ त्यो गर्छौँ भने पनि आफूहरूले कतैबाट सहयोग नपाएको उनले गुनासो गरिन् ।

पानी नभएकै कारण महिनौँ दिनसम्म नुहाउन पनि नपाएको त्यहाँका बासिन्दाले बताए । घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष हर्कबहादुर घर्तीले नागरिकको आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै लगिएको बताए । पानीका लागि पाइप ल्याएको छ, तर त्यसलाई व्यवस्थित गर्न बाँकी छ । वडाध्यक्ष घर्तीका अनुसार सबैलाई सहजरूपमा सेवा दिन भूगोल र बजेट बाधक छ । रासस

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १० : ५५ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी