कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा शुरु « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा शुरु


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि केही ढिलो गरी बैठक शुरु भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए । समितिमा १३ पदाधिकारी, पूर्वपदाधिकारी तथा सभापतिले मनोनयन गरेका प्रभावशाली केन्द्रीय सदस्यहरू छन् ।

स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनका विषयमा छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा संस्थापन इतर समूहले बैठकमा आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन तोडेर एक्लै चुनावमा जानुपर्ने प्रस्ताव गर्ने भएको छ । दुई दिन लगातार बसेको इतर समूहको बैठकले कांग्रेस एक्लै चुनावमा जानुपर्ने निष्कर्ष निकालेको हो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ३ : ३१ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली