विधानमा पदाधिकारी बैठकको कल्पना छैन: नैनसिंह महर « Khabarhub

विधानमा पदाधिकारी बैठकको कल्पना छैन: नैनसिंह महर


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताएका छन्।

उनले बाहिर पदाधिकारी बैठकका समाचार आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताएका हुन् ।

‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नू परेमा कार्यसम्पादन समितिको बैठक बस्छ भन्ने हो। तर, हप्ता दिन अगाडी सूचना प्रकाशन गरेर कार्यसम्पादन समितिको बैठक बोलाइनुले सिंगो केन्द्रिय समितिको काम, कर्तव्य, गरिमा र अधिकारको नजरअन्दाज गरिएको आभास भइरहेको छ,’ उनले निर्वाचनको तयारीबारे कार्यकर्तासँग भएको छलफल कार्यक्रममा भने ।

उनले आज बसिरहेको कार्यसम्पादन सतितिको बैठक समक्ष भातृ संस्थालगायत विषयमा विधानको भावनालाई अक्षरशः कार्यान्वयनतर्फ लैजाने र कांग्रेस केन्द्रिय समितिको पूर्ण बैठक १५ दिनभित्र बोलाउन माग गरेका छन् ।

उनले पार्टी विधि र विधानभित्र रहेर अगाडि बढ्नुपर्ने समेत बताए । कुनै पनि संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुने नेता महरको ठहर जनाए ।

‘नेतृत्व विहिन भातृ संगठनलाई गति दिनका लागि समयमै ठोस निर्णय लिन आवश्यक छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेतृत्व विहिन भातृ संस्थालाई गति दिनुपर्छ । यसले स्थानीय तह निर्वाचनमा पार्टीका गतिविधिलाई सक्रिय पार्न महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ३ : ४३ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली