शहीद स्मारक ए डिभिजन लिगको १० औँ चरण शुक्रबारबाट हुने « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगको १० औँ चरण शुक्रबारबाट हुने


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगको १० औँ चरणका खेल शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको प्रतियोगिताको दशौँ चरण शुक्रबारबाट हुने भएको हो ।

यसअघि, नवौँ चरणमा एक खेल बाँकी राख्दै एन्फाले लिगलाई विश्राम दिएको थियो । राष्ट्रिय टोलीले पहिलोे अफ्रिकन प्रतिद्वन्दी मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

यस चरणमा कुल सात खेल हुने छन् । एक खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा र ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जनाइएको छ । यो चरण तीन दिनको हुनेछ ।

पहिलो खेलमा रेलिगेसन जोनमा रहेको फ्रेन्डसले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबको चुनौती पेस गर्नेछ । खेल दशरथ रंगशालामा क्रमशः १ बजे र साँझ पौने ५ बजे सुरु हुनेछ ।

त्यस्तै शनिबार तीन खेल हुने छन् । एक खेल एन्फामा हुँदा दुई खेल दशरथ रंगशालामा हुनेछ ।

नेपाल पुलिस क्लब र सातदोबाटो एन्फामा १ बजे भिड्दा लिग लिडर मछिन्द्र फुटबल क्लबले सोही समयमा च्यासल युथ क्लबको दशरथ रंगशालामा सामना गर्नेछ । साँझ पौने ५ बजे त्रिपुरेश्वरमै हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दशैँ चरणको अन्तिम दिन तथा आइतबार दुई खेल हुने छन् । दिउँसो न्युरोड टिम एनआरटीले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । यस्तै साँझ पौने ५ बजे हुने खेलमा एपीएफ फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा २३ अंकसहित मछिन्द्र शीर्ष स्थानमा छ । १९ अंकको मनाङ दोस्रो स्थानमा रहँदा आर्मी १७ अंकसहित तेस्रो स्थानमा छ । यस्तै थ्रीस्टारको १६, संकटा १४, एनआरटी १३, सातदोबाटो १२, हिमालयन ११, एपीएफ १०, पुलिस १०, जावलाखेल ८, बीबीसी ६, च्यासल ५ र फ्रेन्ड्स ३ अंकसहित क्रमशः चौथो देखि १४ औँ स्थानमा छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ४ : १० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली