सरकारले चालु आर्थिक वर्षको बजेट आकार ८६ अर्ब ५५ करोडले घटायो « Khabarhub

सरकारले चालु आर्थिक वर्षको बजेट आकार ८६ अर्ब ५५ करोडले घटायो


२७ माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ ।

बिहीबार अर्थमन्त्री जनार्दन शर्माले अर्धवाषिर्क समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार घटाइएको जानकारी दिएका हुन् ।

चालु वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ । यसमा स्थानीय तहको निर्वाचन, कोरोना खोप खरिद लगायतमा हुने खर्च समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले सुरुको विनियोजनबाट खर्च नहुने अनुमान गरिएको रकम घटाउन बजेट संशोधन गरेको हो । अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारी लक्ष्य छ ।

त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । अर्थमन्त्री शर्माले मुलुकका आर्थिक बृद्धिदरमा पनि सकारात्मक असर पर्ने र मुद्रास्थीति नियन्त्रणमा रहेको बताए ।

त्यस्तै उनले ९५.५ प्रतिशतले निर्यात बढेको र आयात ५१.१ प्रतिशतले बढेको जानकारी दिए । बिप्रषण आप्रवाह नेपाली मुद्रामा ५ दशमल ५ प्रतिशतले कमी आएको र सोधान्तर घाटा २ खर्व ४१ अर्व २३ करोड रहेको मन्त्री शर्माले बताए ।

मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको जानकारी दिए । अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन भइरहेको उनले बताए ।

अर्थमन्त्री शर्माले स्रोत सुनिश्चितता नहुँदा बजेटको आकार घटाउनु परेको तर्क गरे । त्यस्तै उनले हचुवाका भरमा आयोजनाहरुको छनौट गर्दा पनि पूँजिगत खर्चको समस्या भएको जिकिर गरे । मन्त्री शर्माले वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप कम गर्न विभिन्न नीतिगत उपाय अबलम्बन गरिएको पनि बताए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ५ : ०२ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल