संसदबाट एमसीसीसँगको सम्झौता पारित गर्न कांग्रेसमा एकमत « Khabarhub

संसदबाट एमसीसीसँगको सम्झौता पारित गर्न कांग्रेसमा एकमत


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजना संसदद्वारा पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका छन् ।

यससँगै गठबन्धनको मतलव नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेसअघि बढ्ने भएको छ । बिहीबार भएको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका डा. रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गरेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसीबारे लिखित सामाग्री डा. महतसँग मागेको बैठकमा सहभागी नेता डा. शशांक कोइरालाले बताए ।

‘एमसीसी विद्युत् र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा. रामशरण महतले लामो विवरण राख्नुभयो । उहाँले भन्नुभयो कि यो हामीले लिनुपर्छ । त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भने ।

बैठकमा डा. कोइरालाले गठबन्धनसहित काँग्रेस निर्वाचनमा जान नहुने धारणा पनि राखेका छन् । भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन भने केहीको स्थानीय तह निर्वाचनअघि र केहीको पछि गर्ने कुरा भएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ५ : ०९ बजे

कांग्रेस महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन, आत्मसमीक्षा गर्ने थलो हो : उपसभापति भुसाल

काठमाडौँ – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको जारी १५औँ

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन