एनएनआईपीए स्पोर्टस् अवार्डको तयारी « Khabarhub

एनएनआईपीए स्पोर्टस् अवार्डको तयारी


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले एनएनआईपीए स्पोर्टस् अवार्ड फागुन १७ गते गर्ने निर्णय गरेको छ ।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्ड कार्यक्रम ललितपुरस्थित वज्रवाराही मन्दिरमा हुने जनाएको हो ।

यसपटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलकुदका संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।

२७ खेलका उत्कृष्ट खेलाडीले १० हजारसहित ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट खेलाडीमध्येबाट एक पुरुष र एक महिला सर्वाेत्कृष्ट खेलाडी चयन गरिने छ । जसले नगद १ लाख पुरस्कार प्राप्त गर्ने छन् ।

त्यसैगरी, एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी चयन गरिने र विजयीले ५० हजार प्राप्त गर्ने छन् । एक पुरुष र एक महिला उदीयमान खेलाडी चयन गरी ५० हजार नगदले सम्मान गरिने छ । खेलकुदमा जीवन व्यतित गर्ने र खेलकुदको विकासमा योगदान पु¥याएकालाई गजराज आदर्श खेल व्यक्तित्व पुरस्कारबाट सम्मान गरिने छ ।

यस्तै, एक खेल पत्रकारलाई २५ हजार राशीको एनएनआईपीए खेल पत्रकार पुरस्कारबाट सम्मान गरिने छ । एक जनालाई भने १० हजार राशीको वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्ड दिइने छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ५ : ५५ बजे

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन