नयाँ वर्ष मनाउँदै शौका समुदाय « Khabarhub

नयाँ वर्ष मनाउँदै शौका समुदाय


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलामा मात्रै बसोबास रहेको शौका समुदायले बिहीबार नयाँ वर्ष मनाउँदैछ छ ।

ब्यास गाउँपालिका-१ छाङरुको शौका समुदायले आज गबला पर्व मनाइरहेको व्यास गाउँपालिका-१ का वडाध्यक्ष अशोक सिंह बोहराले बताए । शौका समुदायले नयाँ वर्ष आवागमनको रूपमा गबला पर्व मनाउने गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका-१ तिंकर र छाङ रु, वडा नम्बर-२ को पार्ला, दुम्लीङ तथा अपी हिमाल गाउँपालिका-६ सीतोलामा शौका समुदायले बसोबास गर्छन् । सासंकृतिक रूपमा धनी शौका समुदायको छुटै बोली र भेसभुसा रहेको छ ।

गबला पर्व मनाएपश्चात् मात्रै विवाह, व्रतबन्ध जस्ता शुभकार्य गर्ने परम्परा रहेको छ । गबला पर्व मनाउनु पूर्व साइत जुराएर ‘धच्र्यु चुमो’ गर्ने परम्परा रहेको छ । शौका समुदायको भाषामा धच्र्यू चुमो भनेको बाँसको लिंगोमा ध्वाजा लगाएर घरघरमा ठड्याउने गरिन्छ ।

शौका समुदायभित्र पनि अन्य शौका समुदायले फरक–फरक तिथिमा गबला पर्व मनाउने गरेका छन् । गबला पर्व मनाउने तिथि अनुसार शौका समुदायले आफ्नो नयाँ वर्ष मनाउँछन् । छाङरुमा रहेको शौका समुदायले माघ शुक्ल नवमी तिथि तिंकरमा रहेको शौका समुदायले पुस पूर्णिमा तिथि र सितो लामा रहेको शौका समुदायले माघ शुक्ल पञ्चमीका दिन गबला पर्व मनाउने गरेको वडाध्यक्ष बोहराले बताए ।

शौका समुदायको भेसभुसा, खानपिन, रहनसहन, धार्मिक संस्कार भने एउटै छ । गबला पर्वमा यी तीनवटै समुदायले प्राकृतिक देवताको पूजा गर्छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : ३८ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित