एमसीसीको प्रगतिबारे बुझ्न शीर्ष नेतालाई अमेरिकी सहायक मन्त्रीको फोन « Khabarhub

एमसीसीको प्रगतिबारे बुझ्न शीर्ष नेतालाई अमेरिकी सहायक मन्त्रीको फोन


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई फोन गरेका छन् ।

बिहीबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी एससीसीका विषयमा भएको प्रगतिबारे बुझेका हुन् ।

लुले बेग्लाबेग्लै फोन गरेर एमसीसीको विषयमा चासो राखेका छन् । प्रधानमन्त्री देउवासँगको कुराकानीमा सहायकमन्त्री लुले लिखित प्रतिबद्धताअनुसार फेब्रुअरीभित्र सदनबाट एमसीसी पारित गर्न आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले आफूहरू एससीसी पारित गर्न प्रतिबद्ध रहेको र गठबन्धनका अरू नेतालाई पनि मनाउन प्रयास गरिरहेको बताए ।

त्यस्तै, ओली र प्रचण्डसँग पनि फोनमा लुले कुरा गरेका थिए । उनले दुवै नेतासँग एमसीसी पारित गरेर सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

एमाले परराष्ट्र मामिला प्रमुख राजन भट्टराईले अध्यक्ष ओली र लुबीच भएको संवादमा जतिसक्दो चाँडो एमसीसी पारित गराउन ओलीलाई आग्रह गरिएको जनाए ।

जवाफमा ओलीले दुई मुलुकबीचको सम्बन्धमा आँच नआउने बताएको भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ११ : १४ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको