गाउँपालिकाद्वारा चुनढुंगा खानी उत्खनन्‌मा रोक « Khabarhub

गाउँपालिकाद्वारा चुनढुंगा खानी उत्खनन्‌मा रोक


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको बंगलाचुली गाउँपालिकाले पालिका क्षेत्रका रहेको चुनढुङगा खानी उत्खननमा रोक लगाएको छ ।

सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमति कार्यान्वय ननगरेको भन्दै बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको जनाएको छ । जिल्लामा रहेका तीन सिमेन्ट उद्योगले यस क्षेत्रको चुनढुगा उत्खनन गरि प्रयोग गर्दै आएका थिए ।

उद्योगले पालिका संग गरेका सम्झौताहरु कार्यान्वयन नगरेकोहुदा खानी उत्खनन् बन्द गर्नु परेको पालिका अध्यक्ष भक्त बहादुर वलीले बताए। उनले पालिका र उद्योग संगको सम्झौता कार्यान्वयन नहुदा सम्ममा खानी सञ्चालन नहुने बताए ।

तीन वटा उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेपछि पालिकाले खानी बन्द गरेसँगै त्यहाँबाट चुनढुंगा ओसार्नेको काम पनि ठप्प भएको छ । पालिको यो निर्णबाट उद्योगको उत्पादनमा समेत असर पर्ने उद्योगहरुले बताएका छन् । करिब ४ सय टिप्पर उत्खनन बन्द हुदा काम विहीन भएका छन्।

बंगलाचुलीगाउँपालिकामा रहेकाआआफ्ना खानीबाट चुनढुंगा ल्याएर घोराही, अग्नि र सम्राट सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दे आएका थिए ।

पालिकाले खानीबन्द गरेर चुनढुंगा ओसार्न रोक लगाएपछि कच्चापदार्थ नभएर एक हप्तादेखि उद्योग बन्दभएको घोराही सिमेन्ट उद्योगले जनाएको छ । उद्योगले आफूहरुसँग गरेको सहमती पूरा नगर्दासम्म खानी सञ्चाल नगर्नै नदिने निर्णय कार्यपालिका बैठकले गरेको बंगलाचुलीगाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए ।

चुनढुंगा खानी रहेको क्षेत्रदेखि घोराहीसम्मको करिब ३० किलोमिटर सडक कालोपत्रे भएको एक महिना नहुँदै कालोपत्रे उप्किएर सडक धुलाम्यहुन थालेपछि पालिकाले खानी नै बन्दगरिको दिएर टिप्पर सञ्चालनमा रोक लगाएको हो ।

त्यसयता सडक कालोपत्रे गर्ने जिम्मालिएका निर्माण व्यवसायी, घोराही सिमेन्ट उद्योगले अझैसम्म पनिकाम सुरु नगरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : ५५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको