पीडित पक्षधारसँगको सहमतिसँगै हट्यो सुन्दरबजारको निषेधाज्ञा | Khabarhub Khabarhub

पीडित पक्षधारसँगको सहमतिसँगै हट्यो सुन्दरबजारको निषेधाज्ञा


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ । विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो ।

पीडित पक्षले कानुनविपरीत कुनै क्रियाकलाप नगर्ने र कानुनबमोजिम अघि बढ्ने सहमति गरेपछि बुधबार राति ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो । सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्यूचर स्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत तनहुँ भानु नगरपालिका वडा नं ९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृत्यु भएपश्चात् उत्पन्न विषम परिस्थितिलाई मध्यनजगर गर्दै निषेधाज्ञा गरिएको थियो ।

परिस्थितिलाई सामान्य बनाएर कानुनअनुसार अघि बढ्ने सहमति पीडित पक्षधारसँग भएसँगै निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए‍ ।

उनले भने, ‘सो क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफाबमोजिम सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मस्र्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका–९ को मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रको विद्युत् केन्द्रको आवास क्षेत्रको गेट अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला क्षेत्रमा जारी निषेधाज्ञा हटेको छ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : ०० बजे

आयकर पाँच प्रतिशत मात्रै बढ्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले राजस्व आम्दानी बढाउँदा प्रत्यक्ष

एमाले पोलिटब्युरो बैठक, सचिवालयका प्रस्ताव छलफलपछि अनुमोदन गरिँदै

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले)को पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय च्यासलमा

पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान

गण्डकी– पोखरा विश्वविद्यालय २९औँ वर्षमा प्रवेश गरेका अवसरमा विश्वविद्यालयमा २५

सरकारले बढाएको श्रमिकको न्यूनतम ज्यालाबारे नैनसिंह महरले भने- कागजी न्याय मात्रै

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले हालै

बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गत आर्थिक वर्षमा ५० हजार