रोमान्टिक विक्रम र दीपीकाको गीत सार्वजनिक « Khabarhub

रोमान्टिक विक्रम र दीपीकाको गीत सार्वजनिक


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘हेल्लो जिन्दगी’ फिल्ममा समावेश ‘कता–कता’बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।

११ चैतमा प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत छ । बलिउडका कोरियोग्राफर विष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता विक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर छन् ।

युकेका बिभिन्न रमणीय स्थानमा खिचिएको गीतमा प्रेमी जोडीको प्रेमाभाव प्रस्तुत गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम र दीपीकाका साथमा प्रियंका कार्की, विल्सनविक्रम राई, विक्रान्त वस्नेत, निर्देशक बोहरा स्वयम्, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ ।

सत्य घटनाबाट प्रभावित फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सविता गुरुङ छिन् ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा विरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् ।

निर्देशक बोहरा र विक्रम डि जोशीको कथा,निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा-सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि.गुरुङको सम्पादन छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : ५१ बजे

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसन गार्ड काेर्प्स (आईआरजीसी)ले आइतबार बिहान

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५