युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने « Khabarhub

युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् ।

युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेनले नेटोको सदस्य बन्ने चाहना पनि हो । नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू ‘घुँडा टेकेर केही मागिरहेको देश’ को राष्ट्रपति बन्न नचाहेको बताएका छन् ।

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको छ । अमेरिकी गुप्तचर निकायले रुसी राष्ट्रपति पुटिनलाई एउटा ‘रिसाहा’ एकलकाटे नेताको उपमा दिँदै युक्रेन अतिक्रमण उनको योजनाअनुसार नबढेको टिप्पणी गरेका छन् । पुटिनले पश्चिमा देशहरुलाई उत्तेजक आणविक धम्की दिएकोसमेत उनीहरुले आलोचना गरेका छन ।

यसैबीच, युक्रेनमाथि रुसी हमलासँगै अमेरिकालगायतका पश्चिमा देशहरुको प्रतिबन्धपछि मस्कोमा उर्जा संकट देखिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमा तेल, ग्यास र कोइला आयातमा प्रतिबन्ध लगाएपछि मस्को प्रभावित हुने भएको हो ।

युक्रेन पुटिनले कहिल्यै जित गर्न नसक्ने बताउँदै राष्ट्रपति बाइडेनले अमेरिकामा प्रतिबन्ध लगाएका थिए । त्यस्तै बेलायतले पनि यसै वर्षको अन्त्यसम्म रुसी तेल आयतमा प्रतिबन्ध लगाउने जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १० : २२ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल