श्रेष्ठ सिए परीक्षामा नेपाल टपर | Khabarhub Khabarhub

श्रेष्ठ सिए परीक्षामा नेपाल टपर


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको ख्वप माध्यमिक विद्यालयका विद्यार्थी रोचक श्रेष्ठ नेपाल टपर भएका छन् । विद्यालयका कक्षा ११ र १२ उत्तीर्ण भई गएका विद्यार्थी श्रेष्ठ चाटर्ड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल भएका हुन् ।

ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसीका अनुसार रोचकले विद्यालयका विज्ञान संकाय पढेका थिए। उनका अनुसार रोचक शैशिक्ष सत्र २०७३/०७४ का व्याच हुन् । रोचक स्कुलका पनि उत्कृष्ट अध्ययन गर्ने छात्रको रुपमा रहेको उनले सुनाए ।

भक्तपुर नगरपालिका वडा नं १ का रोचकले सीए क्याप ३ परीक्षाको रिजल्ट आएको सुनाए । उनले सीए क्याप ३ वर्षको परीक्षा स्वअध्ययन गनुपर्ने वर्ष भएको पनि सुनाए ।

रोचक भक्तपुर नगरपालिका –१ का वडा सदस्य इन्द्रकुमार श्रेष्ठका छोरा हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १० : ४४ बजे

बुकीपाटनमा ‘गोठबास’ले पर्यटकलाई सहज

बागलुङ– ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ,

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी– अविरल वर्षासँगै खसेको पहिरोले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।