इतिहासमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने मानिसको मृत्यु « Khabarhub

इतिहासमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने मानिसको मृत्यु


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव इतिहासमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका मानिसको मृत्यु भएको छ । दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गराइ चर्चामा आएका ५७ वर्षे डेभिड बेनेटको मृत्यु भएको हो ।

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उनको मृत्यु भएको जनाइएपनि चिकित्सकहरूले उनको मृत्युको कारण भने खुलाएका छैनन् । यद्यपि केही दिनदेखि उनको स्वास्थ्य अझ खराब हुँदै गएको बताइएको छ ।

उनका छोराले भने आफ्ना बाबुलाई बचाउन अस्पतालले गरेको प्रयासप्रति धन्यवाद दिएका छन् । ‘हामी हरेक आविष्कार र परीक्षणप्रति आभारी छौं ।’ उनलाई उद्धृत गर्दै अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उन शरीरमा गत जनवरी ७ मा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।

चिकित्सकहरू दशकौँदेखि जनावरको अङ्ग मानिसमा प्रत्यारोपण गरी बिरामीको जीवन रक्षाको प्रयासमा रहेपनि सफल हुन सकेका थिएनन् । तर, मानवको मुटु प्रत्यारोपण गर्न अयोग्य रहेको, ओच्छ्यानमा सुतिरहनुपर्ने

इफ सपोर्टमा रहिरहनुपर्ने भएकाले उक्त अस्पतालका चिकित्सकहरूले बेन्नेटलाई जनावरको मुटु प्रत्यारोपण गर्न योग्य प्रत्यासी ठानेका थिए ।

भविष्यमा जनावरको अङ्ग मानिसमा प्रत्यारोपण गर्ने प्रविधिको विकास भएको खण्डमा यसले चिकित्सकीय क्षेत्रमा नवीन परिवर्तन ल्याउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ११ : १६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको