इतिहासमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने मानिसको मृत्यु « Khabarhub

इतिहासमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने मानिसको मृत्यु


२६ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव इतिहासमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका मानिसको मृत्यु भएको छ । दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गराइ चर्चामा आएका ५७ वर्षे डेभिड बेनेटको मृत्यु भएको हो ।

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उनको मृत्यु भएको जनाइएपनि चिकित्सकहरूले उनको मृत्युको कारण भने खुलाएका छैनन् । यद्यपि केही दिनदेखि उनको स्वास्थ्य अझ खराब हुँदै गएको बताइएको छ ।

उनका छोराले भने आफ्ना बाबुलाई बचाउन अस्पतालले गरेको प्रयासप्रति धन्यवाद दिएका छन् । ‘हामी हरेक आविष्कार र परीक्षणप्रति आभारी छौं ।’ उनलाई उद्धृत गर्दै अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उन शरीरमा गत जनवरी ७ मा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।

चिकित्सकहरू दशकौँदेखि जनावरको अङ्ग मानिसमा प्रत्यारोपण गरी बिरामीको जीवन रक्षाको प्रयासमा रहेपनि सफल हुन सकेका थिएनन् । तर, मानवको मुटु प्रत्यारोपण गर्न अयोग्य रहेको, ओच्छ्यानमा सुतिरहनुपर्ने र

इफ सपोर्टमा रहिरहनुपर्ने भएकाले उक्त अस्पतालका चिकित्सकहरूले बेन्नेटलाई जनावरको मुटु प्रत्यारोपण गर्न योग्य प्रत्यासी ठानेका थिए ।

भविष्यमा जनावरको अङ्ग मानिसमा प्रत्यारोपण गर्ने प्रविधिको विकास भएको खण्डमा यसले चिकित्सकीय क्षेत्रमा नवीन परिवर्तन ल्याउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ११ : १६ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय