इतिहासमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने मानिसको मृत्यु « Khabarhub

इतिहासमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने मानिसको मृत्यु


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव इतिहासमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका मानिसको मृत्यु भएको छ । दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गराइ चर्चामा आएका ५७ वर्षे डेभिड बेनेटको मृत्यु भएको हो ।

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उनको मृत्यु भएको जनाइएपनि चिकित्सकहरूले उनको मृत्युको कारण भने खुलाएका छैनन् । यद्यपि केही दिनदेखि उनको स्वास्थ्य अझ खराब हुँदै गएको बताइएको छ ।

उनका छोराले भने आफ्ना बाबुलाई बचाउन अस्पतालले गरेको प्रयासप्रति धन्यवाद दिएका छन् । ‘हामी हरेक आविष्कार र परीक्षणप्रति आभारी छौं ।’ उनलाई उद्धृत गर्दै अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उन शरीरमा गत जनवरी ७ मा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।

चिकित्सकहरू दशकौँदेखि जनावरको अङ्ग मानिसमा प्रत्यारोपण गरी बिरामीको जीवन रक्षाको प्रयासमा रहेपनि सफल हुन सकेका थिएनन् । तर, मानवको मुटु प्रत्यारोपण गर्न अयोग्य रहेको, ओच्छ्यानमा सुतिरहनुपर्ने र

इफ सपोर्टमा रहिरहनुपर्ने भएकाले उक्त अस्पतालका चिकित्सकहरूले बेन्नेटलाई जनावरको मुटु प्रत्यारोपण गर्न योग्य प्रत्यासी ठानेका थिए ।

भविष्यमा जनावरको अङ्ग मानिसमा प्रत्यारोपण गर्ने प्रविधिको विकास भएको खण्डमा यसले चिकित्सकीय क्षेत्रमा नवीन परिवर्तन ल्याउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ११ : १६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु