त्रेताकालको स्मरणः मिथिलाको कञ्चनवनमा होली « Khabarhub

त्रेताकालको स्मरणः मिथिलाको कञ्चनवनमा होली


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला क्षेत्रमा अहिले १५ दिने माध्यमिकी परिक्रमा जारी छ ।

भक्तजनको टोली बिहीबार परिक्रमाको सातौँ पडावस्थल महोत्तरीको कञ्चनवनमा पुगेका छन् ।

महोत्तरीको भंगहा नगरपालिकामा पर्ने कञ्चनवनमा बिहीबार परिक्रमामा सहभागी भक्तजनहरूले रंग र अबिर खेली होली मनाएका छन् ।

परिक्रमाको टोलीले कञ्चनवन पुगेर होली खेलेपछि विधिवत् रुपमा होलीको सुरुवात भएको पनि मानिन्छ ।

धार्मिक मान्यताअनुसार त्रेतायुगमा भगवान् राम जानकी चारभाइ र चार बहिनीसँंगै कञ्चनवनमा होली खेलेका थिए । त्यसैको सम्झनामा कञ्चनवनमा होली खेलाइने परम्परा छ ।

कञ्चनवनमा जनकपुरधामस्थित राममन्दिरका महन्थ र जानकी मन्दिरका महन्थले एक आपसमा होली खेली मिथिलाञ्चलमा होलीको सुरुवात गर्ने गर्दछन् ।

कञ्चनवनमा भक्तजन तथा साध–सन्तलगायत सबैको अनुहार र कपडा रंग र अबिर रंगिएको थियो ।

मिथिला महात्मय अनुसार १८ औँ शताब्दीदेखि मनाइँदै आएको माध्यमिकी परिक्रमा जनकपुरधामको हनुमानगढीदेखि सुरु हुँदै भारतको कलाणेश्वरस्थान, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, हुँदैं धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुरधाम आइपुग्छ । पूर्णिमाका दिन जनकपुरधाममा अन्तगृह परिक्रमाका साथै होली खेलेपछि १५ दिवसीय यात्रा सम्पन्न गरिन्छ ।

यसको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ ।

परिक्रममा भक्तजनहरूले नेपालका १ सय ७ तथा भारतका २६ गरी १ सय ३३ किलोमिटर पैदलयात्रा गर्छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : ४४ बजे

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०