निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ– अर्थमन्त्री शर्मा  | Khabarhub Khabarhub

निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ– अर्थमन्त्री शर्मा 


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समुन्नतिका लागि सरकार र निजी क्षेत्र एकआपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभएका छन्  ।

लेखनाथ महोत्सव २०७८ को आज कास्कीको लेखनाथस्थित डाँडाको नाकमा उद्घाटन गर्दै उहाँले राजनीतिक एवं संवैधानिक रुपमा प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए  ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु आवश्यक भएकामा जोड दिँदै उहाँले कोरोनाका कारण अर्थतन्त्रमा असर पारेको उल्लेख गर्नुभयो । कृषिमा चाँडो आत्मनिर्भर बन्नसक्ने देखिएको बताउँदै उनले त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

निजी क्षेत्रले राष्ट्रमा ७२ प्रतिशत योगदान गरेको बताउँदै उनले यस क्षेत्रलाई सरकारले अंशियारका रुपमा लिएको धारणा राख्नुभयो । पोखरा पर्यटनको राजधानीका रुपमा रहेको चर्चा गर्दै उनले अझै पर्यटकीय पूर्वाधार भने पर्याप्त नरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पूँजीगत खर्च गर्ने प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको आवश्यकता औँल्याए । आर्थिक समुन्नतिका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य जरुरी रहेको बताउँदै उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किसिमको वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नेगरी आयोजित लेखनाथ महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आर्थिक समुन्नतिका लागि एकताबद्ध प्रयास हुनुपर्ने बताए ।


लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले महोत्सवमा यो वा त्यो नभनी सबैको साथ र सहयोग भएको बताउँदै समाज एवं राष्ट्रको विकासका लागि पनि एकता जरुरी रहेको बताए ।

कोरोनाका कारण प्रभावित व्यवसायीलाई सरकारले राहत पुग्नेगरि नीति ल्याउनुपर्ने र घोषित कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग उनले गरे । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सभापति शुक्रराज शर्माले समृद्ध गण्डकी प्रदेशको सपना सहित विभिन्न कार्यक्रमका साथ कांग्रेसले कार्यक्रम ल्याउन लागेको जानकारी गराएका थिए ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले निजी क्षेत्र चलायमान नहुँदा अर्थतन्त्र प्रभावित हुने बताए । कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल, नेकपा (माओवादी केन्द्र) कास्कीका अध्यक्ष बखान सिंह गुरुङ, नेकपा (एमाले)का उपाध्यक्ष तेजनारायण अधिकारी, नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वासुदेव पोखरेल, नेपाल इको प्यानलका सुवोध त्रिपाठी, लेखनाथ उद्योग वाणिज्य सङ्घका उपमहासचिव जानुका अधिकारीलगायतले महोत्सवको महत्वका बारेमा धारणा राखेका थिए । 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ७ : ४० बजे

श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि

कोलम्बो– श्रीलङ्का केन्द्रीय बैङ्कका अनुसार सन् २०२५ का पहिलो दस

‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन

काठमाडौं– जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काभ्रे– पनौती नगरपालिका-४ बसपार्कस्थित मणिक श्रेष्ठले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध