इन्डो नेपाल क्रिकेट: एमसीसी विराटनगर विजयी « Khabarhub

इन्डो नेपाल क्रिकेट: एमसीसी विराटनगर विजयी


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एमसीसी ‘ए’ क्रिकेट क्लब विराटनगर विजयी भएको छ । खेलमा जित हासिल गर्दै टीम विराटनगर सेमिफाइनलमा पुगेको छ ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगर जुटमिल खेल मैदानमा भएको प्रतियोगिताको आजको खेलमा एमसिसीले होराइजन क्रिकेट क्लब विराटनगरलाई दुई विकेटले पराजित गर्‍यो ।

 टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले १७ दशमलव पाँच बलमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो भने १२९ रनको विजय लक्ष्य पछ्याएको एमसीसी ‘ए’ ले १६ दशमलव पाँच ओभरमा आठ विकेटको क्षतिमा सो लक्ष्य पूरा गरेको थियो ।

एमसीसीका हासिम अन्सारी ३८ बलमा ३८ रन बनाउनुका साथ ‘म्यान अफ म्याच’ घोषित भए । पहिलो सेमिफाइनल खेल फागुन २७ गते शुक्रबार एमसीसी ‘ए’ र पूर्वाञ्चल क्रिकेट क्लब सँग प्रतिस्पर्धा हुने एकेडेमीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : ०६ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ