नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र हो: हिन्दू अभियानी « Khabarhub

नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र हो: हिन्दू अभियानी


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– हिन्दू अभियानीहरूले नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र रहेको बताएका छन् ।

शनिबार पोखरामा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियालने गरेको ‘प्रबृद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले यस्तो बताएका हुन् ।
उनीहरूले इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याका आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेको बताएका छन् ।

अभियानका राष्ट्रिय संयोजक तथा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान नेपाल र नेपालीको अस्तित्वसँग गासिएको बताए ।
अस्वस्थताका कारण प्रत्यक्ष उपस्थित नभएका कटवालले कवितासमेत वाचन गरी शुभकामना सन्देश दिएका थिए ।

उनले यस अभियानलाई राजनीतिसँग कुनै सरोकार नरहेको भन्दै चन्द्र सूर्य रहेसम्म नेपालको अस्तित्व कायम रहिरहोस् भन्ने एक मात्र उद्देश्य लिएर अगाडि बढेको बताए ।

गोष्ठीमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले धर्मको रक्षाका लागि हिन्दूहरू स्वयम् लाग्नुपर्ने बताए ।

उनले धर्मनिरपेक्षताले हिन्दू समाजलाई विभाजन गरेको पनि दाबी गरे ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले बन्धुत्वको भावना समेट्ने हिन्दू धर्मलाई आधार मानेर नेपाललाई हिन्दू राष्ट्रको पहिचानका रूपमा विकास गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा अभियानका केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्वप्रहरीमहानिरीक्षक कल्याण तिम्सिनाले नेपालको अस्तित्वसँग जोडिएकाले हिन्दूहरूलाई संगठित,

जागरूक र सचेत बनाउँदै देशलाई पुनः हिन्दू राष्ट्र बनाउन अभियान सुरु भएको बताए ।

गोष्ठीमा लिलाभक्त अर्याल, सावित्री शर्मा पौडेल, सुशीलकुमार गोशलीलगायत सहभागी भएका थिए ।

गोष्ठीमा अभियानद्वारा हालसम्म प्रकाशित साहित्यबारे जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : १४ बजे

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२