आज २०७८ साल चैत २७ गते आइतबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत २७ गते आइतबारको राशिफल


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल २७ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश:

मेष : दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। राम्रो हुँदाहुँदो अचानक रोग बढ्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ।

वृष : सम्पत्ति बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। शिक्षाको लगानी उठ्ने देखिन्छ। प्रेममा सफलता मिल्नेछ। बोल्दा भने ख्याल गर्नुहोला।

मिथुन : नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार व्यवसायमा उन्नति हुनेछ। साथीभाइबाट भने जोगिएर काम गर्नुहोला।

कर्कट : बोलीमा मिठास हुनेछ। पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोगले सताउने भएकाले खानपान ख्याल गर्नुहोला।

सिंह : रोगले सताउने देखिन्छ। दिन त्यत्ति राम्रो नभएकाले प्रेमीसँगको सम्बन्धमा गढबढ हुनसक्छ। शत्रु भने परास्त हुनेछन्। राजनीति क्षेत्रमा राम्रो छ।

कन्या : आम्दानी र खर्च बराबर हुनेछ। गोपनीयतालाई सुरक्षित गर्नुहोला। दाम्पत्य जीवन सुखमय हुनेछ। पठनपाठनमा ढिलासुस्ती र आलश्य बढ्नेछ।

तुला : बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा भने राम्रो नतिजा प्राप्त हुनेछ। झुटा आरोप लाग्ने भएकाले सचेत हुनुपर्नेछ।

वृश्चिक : मुल त्रिकोणमा शुभ ग्रह रहेकाले दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।

धनु : काममा ढिलासुस्ती हुनेछ। तर, आज मन खुशी नै हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट ठूलो फाइदा हुने देखिन्छ।

मकर : मध्य साढेसात चलिराखेको छ। यो चले पनि आजको दैनिकी राम्रो छ। मनमा खुशी मिल्नेछ। पुराना साथीसँग भेट हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ।

कुम्भ : आज संगठनमा राम्रो प्रभाव हुनेछ। साथीभाइले प्रशंसाा गर्नेछन्। पुराना अवरोध खुल्दै जानेछन्। मानसम्मान प्राप्त हुनेछ।

मीन : आज हरेक क्षेत्र राम्रो छ। आकस्मिक खर्च बढ्ने देखिन्छ। दैनिकी चलाउनलाई दिन नराम्रो छैन। तर, ठूला काममा हात नहालेकै राम्रो हुन्छ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ३४ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै