आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको तेस्रो जित « Khabarhub

आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको तेस्रो जित


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित दर्ता गरेको छ । पुनेमा भएको खेलमा बैंगलोरले मुम्बईलाई ७ विकेटले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमै पुरा गरेको हो ।

बैंगलोरका लागि अनुज रावत ६६, विराट कोहलीले ४८ रन बनाए भने कप्तान फाप डु प्लेसिस १६ रनमा समेटिए । मुम्बईका जयदेव उनाकड र डेवाल्ड ब्रेभिसले एकएक विकेट हात पारे ।

२० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको मुम्बईका लागि सूर्यकुमार यादवले ६८, कप्तान रोहित शर्मा र इशान किशनले समान २६–२६
रन जोडे । बैंगलोरका हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले २–२ विकेट लिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ । अंक जोड्न नसकेको मुम्बईको यो चौंथो हार हो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ५५ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त