ललितपुर मेयरमा व्यञ्जनकार एमालेको सर्वसम्मत उम्मेदवार « Khabarhub

ललितपुर मेयरमा व्यञ्जनकार एमालेको सर्वसम्मत उम्मेदवार


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए । उनका अनुसार उपमेयरमा भने २ जनाले दाबी परेको छ ।

पार्टी महानगर कमिटीको अध्यक्ष आस्था शाक्य ‘मञ्जली’ र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गरेका छन् । उनले भने, ‘यो दाबीलाई महानगर कमिटी हुँदै केन्द्रीय कमिटीमा सिफारिस गरिनेछ । त्यसपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुनेछ ।’

व्यञ्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह-इन्चार्ज समेत हुन् । गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार काङ्ग्रेसका चिरीबाबु महर्जनसँग ३ मतले पराजित भएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : ३० बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै